Thursday, January 10, 2019

नयाँ मर्यादाक्रम सार्बजनिक हेर्नुस Update 2019 को को कति कति स्थानमा

नयाँ मर्यादाक्रम सार्बजनिक हेर्नुस को को कति कति स्थानमा
कसको स्थान कहाँ ?

१. राष्ट्रपति

२. उपराष्ट्रपति

३. प्रधानमन्त्री

४. प्रधानन्यायाधीस

५. पूर्व राष्ट्रपति, पूर्व उपराष्ट्रपति पूर्व प्रधानमन्त्री, मन्त्रिपरिषद्को पूर्व अध्यक्ष

६. प्रदेश प्रमुख (आफ्नो प्रदेशभित्र)

७. नेपाल सरकारका मन्त्री , प्रदेश सरकारका मुख्यमन्त्री (आफ्नो प्रदेशभित्र), प्रदेश प्रमुख (आफ्नो प्रदेशभन्दा बाहिर), प्रतिनिधिसभाका विपक्षी दलका नेता, नेपाल रत्न पाउनेहरु, प्रदेश सरकारका मुख्यमन्त्री (आफ्नो प्रदेश बाहिर),पूर्व प्रधानन्याधीश, संविधानसभाका अध्यक्ष, प्रतिनिसभाका उपसभामुख, राष्ट्रियसभाका उपाध्यक्ष, सत्तापक्षको संसदीय दलका उपनेता, व्यवस्थापिका संसदका पूर्वसभामुख, प्रतिनिधिसभाका पूर्वसभामुख, राष्ट्रियसभाका पूर्व अध्यक्ष, सरकारका पूर्वउपप्रधानमन्त्री, सरकारका पूर्वमन्त्री ।

८. केन्द्रीय सरकारका राज्यमन्त्री, प्रतिनिधिसभाका मुख्य सचेतक(सत्ता पक्षको), प्रतिनिधिसभाका प्रमुख सचेतक – विपक्षी दलको), प्रनिििध सभाका विभिन्न समितिका सभापति, राष्ट्रिय सभाका विभिन्न समितिका सभापति,राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, सर्वोच्च अदालतका न्यायाधीश, संवैधानिक निकायका प्रमुख, महान्यायाधिवक्ता,राष्ट्रियसभामा सत्तापक्षको नेता, राष्ट्रियसभामा सत्तापक्षको मुख्य सचेतक, राष्ट्रिसभामा विपक्षी दलको नेता, राष्ट्रियसभामा विपक्षी दलको प्रमुख सचेतक, प्रदेश सभाका सभामुख ।

९. केन्द्रीय सरकारका सहायक–मन्त्री, प्रदेश सरकारका मन्त्री, प्रतिनिधिसभाका सदस्य, राष्ट्रियसभाका सदस्य, प्रदेश सरकारका राज्यमन्त्री, प्रदेश सभाका उपसभामुख, प्रदेश सभाका विभिन्न समितिका सभापति, काठमाडौँ महानगरपालिकाका प्रमुख, संविधानसभाका सदस्य, पूर्व सांसद, सरकारका मुख्यसचिव, प्रधानसेनापति।

१०. प्रदेश सरकारका सहायक–मन्त्री, प्रदेश सभाका सचेतक, प्रदेशसभाका सदस्य, महानगरपालिकाका प्रमुख (काठमाडौँ महानगरपालिका बाहेक), जिल्ला समन्वय समितिका प्रमुख।

knowledge for success 
११ . संवैधानिक निकायका सदस्य तथा आयुक्त, न्यायपरिषद् सदस्य, राष्ट्रिय योजना आयोगका सदस्य, संघीय संसदका महासचिव, सर्वोच्च अदालतका मुख्य रष्ट्रिार, उच्च अदालतका मुख्यन्यायाधीश, नेपाल राष्ट्र बैंकका गभर्नर, प्रज्ञा प्रतिष्ठानका कुलपति, विश्वविद्यालयका उपकुलपति।

१२ . सचिव, प्रहरी प्रमुख, उपमहानगरका प्रमुख र काठमाडौंका उपमेयरको मर्यादाक्रम एउटै बनाइएको छ। सरकारका सचिव एवं विशिष्ठ श्रेणीका अधिकृत, राष्ट्र गौरव पाउने महानुभावहरु, नेपाली राजदूत, नेपालस्थित विदेशी राजदूत, सार्कका महासचिव, रथी, प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक, मुख्य अनुसन्धान निर्देशक (राष्ट्रिय अनुसन्धान विभाग), सर्वोच्च अदालतका रजिष्ट्रार, नायव महान्यायाधिवक्ता, उपमहालेखापरीक्षक, प्रदेश सरकारका प्रमुख सचिव, प्रज्ञा प्रतिष्ठानका उपकुलपति, विश्विद्यालयका प्राध्यापक, उपमहानगरपालिकाका प्रमुख र काठमाडौँ महानगरपालिकाका उपप्रमुख ।

१३. उच्च अदालतका न्यायाधीश, नेपालस्थित संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक

१४. प्रदेश लोकसेवा आयोगका अध्यक्ष, नगपालिकाका प्रमुख उपरथी, प्रहरी अतिरिक्त महानिरीक्षक, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका अतिरिक्त मुख्य अनुसन्धान निर्देशक, प्रदेश लोकसेवा आयोगका सदस्य।

१५. जिल्ला समन्वय समितिका उपप्रमुख, गाउँपालिकाका अध्यक्ष, नगरपालिकाका उपप्रमुख, सरकारका सहसचिव र राजपत्रङित प्रथम श्रेणीका अधिकृत, जिल्ला न्यायाधीश, प्रदेश सरकारका सचिव, प्रमुख जिल्ला अधिकारी र विश्वविद्यालयका सहप्राध्यापक ।

१६. सहायकरथी, प्रहरी नायब महानिरीक्षक,सशस्त्र प्रहरी नायब महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक, नेपालस्थित विदेशी कन्सुल जनरल,महासेनानी ।

१७ . सरकारका उपसचिव वा सो सरहका अधिकृत प्रमुख सेनानी, प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका उपअनुसनन निर्देशक, विश्वविद्यालयका उपप्राध्यापक ।

१८. सेनानी, प्रहरी नायव उपरीक्षक, सशस्त्र प्रहरी नायव उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत, प्रदेश सरकार तथा स्थानीय सरकारका राजपत्रकिङ्त द्धितीय श्रेणी वा सोसरहका अधिकृत

१९. नेपाल सरकारका शाखा अधिकृत वा सोसरहका अधिकृत, सहसेनानी विश्वविद्यालयका सहायक उपप्राध्यापक

२०. प्रहरी निरीक्षक, सशस्त्र प्रहरी निरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत, उपसेनानी

२१. प्रदेश सरकार तथा स्थानीय सरकारका राजपत्रकिङ्त तृतीय श्रेणी वा सोसरहका अधिकृत, सहायक सनेनी

#share  गर्नुस

No comments:

Post a Comment