सेयर गरि आफ्नो वालमा सुरक्षित राख्न नबिर्सनुहोला
१) विश्वकप फुटबल २०१८
- प्रत्येक चार–चार वर्षमा हुने विश्वकप फुटबलको २१ औँ संस्करण सन् २०१८ मा रुसमा सम्पन्न
- १४ जुनबाट सुरु भएर १५ जुलाईसम्म चलेको खेलमा जम्मा ३२ वटा टिम
- रुसका विभिन्न ११ शहरमा १२ रंगशालामा जम्मा ६४ खेल सम्पन्न
- प्रतियोगिताको अन्तिम खेल जुलाई १५ मा मस्कोको लुजिन्की स्टेडियममा फ्रान्स र क्रोएसियाबीच
- क्रोएसियालाई ४–२ गोलले पराजित गर्दै खेलको उपाधि फ्रान्सले,
२) पत्रकार खसोग्गीको हत्या
- साउदी अरबका पत्रकार जमाल खसोग्गीको हत्या
- सन् १९५८ मा अक्टोबरमै जन्मेका उनको २०१८ अक्टोबर २ तारिखका दिन इस्तानाबुलस्थित साउदी अरबको वाणिज्य दूतावासमा हत्या,
- उक्त हत्या कसले गरेको हो र कुन उद्धेश्यले गरेको हो भन्ने अझै पत्ता लाग्न सकेको छैन । तर साउदी सरकारकै एक एजेन्टले हत्या गरेको भनिएको छ ।
३) ट्रम्प–किम भेटवार्ता
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोन उनबीच जुन १२ तारिखका दिन सिंगापुरमा भेटवार्ता,
अमेरिकाको विरोधी मानिदै आएको उत्तर कोरियाली नेतासँग भेटवार्ता गर्ने ट्रम्प अमेरिकाकै पहिलो राष्ट्रिपति,
-उत्तर कोरियाले परमाणु निशस्त्रीकरण गर्नपर्ने उद्धेश्यका साथ उक्त बैठक बसेको,
सिंगापुरको होटल क्याम्पेलामा भएको उनीहरुबीचको भेटवार्तालाई सुरक्षा दिन नेपाली मूलका सिंगापुर सेना खटिएका,
४) गुफामा फसेका खेलाडीको उद्धार
- यसै वर्ष १२ बालकसहित एक जना प्रशिक्षक गरी १३ जनाको टिम थाइल्याण्डको एक गुफामा फसेको,
- जुन २४ तारिखका दिन हराएका उनीहरुको उद्धारको लागि विभिन्न देशबाट सुरक्षा टोलीहरु खटिएका,
- बेपत्ता भएको नौ दिनपछि मात्रै गोताखोरहरुले बालकहरु सुरक्षित भएको जानकारी दिएको थियो । हराएको दुई हप्तापछि उनीहरुको उद्धार भयो ।
५) मि टू ( Me too )अभियान
- महिलाले आफूमाथि भएको यौनहिंसाबारे खुलेर बोल्ने मि टू अभियानले यो वर्ष सबैभन्दा बढी चर्चामा रहेकोे,
- हलिउड निर्माता हार्भे विन्स्टिनमाथि अभिनेत्रीहरुले लगाएको यौन हिंसाबाट मि टू अभियान सुरु,
६) वर्षकै चर्चित विबाह
- यो वर्ष बेलायती राजकुमार ह्यारीको विवाह सबैको चासो,
-दयालु स्वभावका ह्यारीको अमेरिकी अभिनेत्री मेगन मर्केलसँगको विवाहले देशविदेशमा निकै नै चर्चा बटुल्यो ।
- मे १९ तारिखका दिन उनीहरुको विवाह सम्पन्न भएको थियो । बेलायतको राजधानी लण्डनबाट भण्डै ३० किलोमिटर पश्चिममा रहेको विन्डसोर दरबारमा भएको विवाहमा ६ सय विशिष्ट पाहुना सहभागी,
७) एकैसाथ सुपरमून, ब्लूमून र चन्द्रग्रहण
- वर्ष २०१८ को सुरुमै अर्थात ३१ जनवरीमा भएको एक दुर्लभ खगोलीय घटनाले विश्वकै ध्यानाकर्षण गरेको थियो ।
- आकाशमा एकैपटक चन्द्रग्रहण, सुपरमून, ब्लूमून र ब्लडमून देखिनु वैज्ञानिकहरुको लागि महत्वपूर्ण मानिएको थियो ।
- यस्तो घटना सन् १९०० पछि पाँच पटक मात्र भएको थियो । अब २५ वर्षपछि मात्र यस्तो दुर्लभ चन्द्रग्रहण देखिने वैज्ञानिकहरुले बताएका,
८) इण्डोनेसियामा सुनामी
- डिसेम्बर २२ तारिखमा इण्डोनेसियामा गएको सुनामीमा परेर करिब चारसय जनाले ज्यान गुमाए भने सयौँको मात्रामा अपाङ्ग र त्यो भन्दा बढी घरबारविहीन
- क्रकाटोवा ज्वालामुखी विस्फोटपछि समुन्द्रभित्र गएको पहिरोका कारण सुनामी आएको अनुमान त्यहाँका अधिकारीहरुले गरेका,
९) पाकिस्तानमा नयाँ नेतृत्व
- पूर्व क्रिकेट खेलाडी रहेका इमरान खानले आफू शत्तामा आएपछि देशवासीको हितमा चालेका कदमले उनको लोकप्रियता बढाएको हो । - उनले चलाएको अभियान ‘नयाँ पाकिस्तान’ ले आलोचना सँगसँगै प्रशंसा,
- अगस्ट १८ तारिखमा उनी पाकिस्तानको २२ औँ प्रधानमन्त्रीका रुपमा निर्वाचित,
१०) चीनले आफ्नै कृत्रिम चन्द्रमा र सूर्य बनाउने
- चीनको सिचुवान प्रान्तको राजधानीमा वैज्ञानिकहरुले कृतृम चन्द्रमा राख्ने खबरले दुनियाँलाई आश्चर्यचकित बनायो ।
- त्यो समाचार अनुसार सूर्यका किरणहरुलाई चन्द्रमामा पारेर त्यहाँबाट प्रतिबिम्बित गराई पृथ्वीमा प्रकाश पार्ने वैज्ञानिकहरुले बताएका छन् ।
- त्यो चन्द्रमा पृथ्वीको ५ सय किलोमिटर टाढाबाट आफ्नो अक्षमा रहेर पृथ्वीको परिक्रमा गर्ने र वास्तविक चन्द्रमाभन्दा आठ गुणा बढी चम्किलो हुने अनुमान गरिएकोे छ ।
- वैज्ञानिकहरुले सन् २०२० सम्ममा आफ्नै कृत्रिम चन्द्रमा बनाउने भन्ने समाचारले अक्टोबर महिनाभरी विश्वको ध्यान तान्यो ।
- यस्तै चीनले आफ्नै सूर्य पनि बनाउने भन्ने खबरले सन् २०१८ मा सनसनी मच्चायो । वास्तविक सूर्यभन्दा यो सूर्य ६ गुणा बढी तातो हुनेछ ।
- चीनको एकेडेमी अफ साइन्ससँग सम्बन्धित इन्स्टिच्यूट अफ् प्लाज्मा फिजिक्सकका अनुसार कृत्रिम सूर्यको परीक्षण भइरहेको छ । यसलाई वास्तविक सूर्यझैँ डिजाइन गरिएको छ । एउटा मेसिनमा राखेर परमाणुको विखण्डनद्वारा यसलाई तातो पारिनेछ । यो मेसिन चलाउनको लागि एकदिनको खर्च भने १५ हजार अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ ।
११) सन् २०१८ मा गुमाएका चर्चित व्यक्तिहरु
a) कोफी अन्नान
=========
शान्ति तर्फको नोबेल पुरस्कार विजेता तथा संयुक्त राष्टसंघका सातौँ महासचिव कोफी अन्नानको ८० वर्षको उमेरमा २०१८ अगस्ट १८ तारिखका दिन निधन भयो । उहाँको निधनले विश्व कुटनीतिक क्षेत्रमा अपुरणीय क्षति पुगेको छ ।
b) अटल बिहारी वाजपेयी
=============
भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको ९३ वर्षको उमेरमा २०१८ अगस्ट १६ तारिखमा निधन भयो । भारतलाई पारमाणिक रुपमा शक्तिशाली बनाउनमा उहाँको प्रमुख योगदान रहेको थियो ।
c) जर्ज एच.डब्लू बुश
यस्तै अमेरिकाका ४१ औँ राष्ट्रपति जर्ज एच.डब्लू. बुशको ९४ वर्षको उमेरमा यसै वर्षको नोभेम्बर ३० तारिखका दिन निधन भयो । उनी सन् १९८९ देखि १९९३ सम्म अमेरिकाका राष्ट्रपति रहेका थिए ।
तत्कालीन सोभियत संघ र अमेरिकाबिचको शीतयुद्ध अन्त्य गर्नमा उनको भूमिका उल्लेखनिय मानिन्छ । जर्ज एच. डब्लू. बुश अमेरिकाका ४३ औंँ राष्ट्रपति जर्ज डब्लु. बुशका बुवा हुन ।
d) स्टेफन हकिन्स
यस वर्ष भौतिकशास्त्री स्टेफन हकिन्सको निधनले भौतिक विज्ञानको क्षेत्रमा ठूलो क्षति भयो । ‘अ ब्रिफ हिस्ट्री अफ् टाइम’ का लेखक र ब्ल्याक होल सिद्धान्तका प्रतिपादक हकिन्सको ७६ वर्षको उमेरमा मार्च १४ तारिखका दिन निधन भयो । उनलाई अल्बर्ट आइन्सटाइनपछि दुनियाँकै सबैभन्दा शक्तिशाली भौतिक वैज्ञानिक मानिन्छ ।
१२) भारतमा समलैंगिकतालाई मान्यता
भारको सर्वोच्च अदालतले सेप्टेम्बर ५ मा अपराध मानिएको समलिङ्गी सम्बन्धलाई मान्यता दियो । यो खबरले विश्वव्यापी रुपमा हलचल मच्चायो । लामो संघर्षपछि आफूले अधिकार पाएको भन्दै भारतमा समलिङ्गीहरुले भव्य रुपमा खुशियाली मनाए । सर्वोच्च अदालतको यस निर्णयलाई इतिहासकै महान निर्णय भनिएको,
१३) फ्रान्समा आन्दोलन
- फ्रान्स सरकारले तेलको मूल्यमा वृद्धि गरेको भन्दै त्यहाँका हजारौँ नागरिक सरकारविरुद्ध आन्दोलनमा उत्रिए । आन्दोलनकर्ताहरुले प्रहरीमाथि आक्रमण मात्र गरेनन् सवारी साधन र भौतिक संरचनामा आगजनी
१४) श्रीलङ्कामा राजनीतिक संकट
- श्रीलङकाका राष्ट्रपतिले एकाएक त्यहाँको प्रधानमन्त्री परिवर्तन गरेको खबरले विश्व राजनीतिमा खैलाबैला मच्चायो ।
- आर्थिक नीति र दैनिक प्रशासनको विवादलाई लिएर राष्ट्रपति मैत्रिपाला सिरसेना र प्रधानमन्त्री रनिल विक्रमासिंघेबीच लामो समयदेखि विवाद चलिरहेको
- राष्ट्रपति सिरसेनाको सत्तारुढ दल आफैले गठबन्धन सरकार छोड्ने निर्णय गरेपछि उनले प्रधानमन्त्री परिवर्तन गर्ने निर्णय गरेका थिए ।
- सिरसेनाको पार्टी र तत्कालीन प्रधानमन्त्री विक्रमासिंघेको पार्टीले सत्ता गठबन्धन गरेका थिए तर आफ्नै पार्टीले सरकार छोड्ने निर्णय गरेपछि सिरसेनाले आफ्नै प्रतिस्पर्धी महिन्द्रा राजापाक्षेलाई अक्टोवर २६ मा प्रधानमन्त्रीमा नियुक्त गरेका हुन ।
No comments:
Post a Comment