✔. सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका गुफाडाँडामा राष्ट्रिय जलवायु सम्मेलन कहिले सम्पन्न भएको हो ?
✔✔वि.सं. २०७५, पुस १६ र १७ गते ।।
जलवायु अनुकूलन र यसबाट उत्पन्न असर न्यूनीकरणका लागि राष्ट्रिय जलवायु सम्मेलनले १० बँदे गुफाडाँडा घोषणापत्र जारी गरेको छ।
जलवायु परिवर्तन तथा त्यसले पारेको असर बारे वैज्ञानिक खोज एवं अनुसन्धानलाई प्रोत्साहन गर्दै जनचेतना अभिवृद्धिमा जोड दिइने कुरा गुफाडाँडा घोषणापत्रमा उल्लेख छ। जलवायु परिवर्तन र यसको प्रभावबारे वैज्ञानिक तथ्य एवं वास्तविकताको पहिचानका लागि हरेक गाउँपालिका र नगरपालिकामा जलवायु पापनकेन्द्र स्थापनाको पहल गर्ने गफाडाँडा सम्मेलनले घोषणा गरेको छ।
✔ मध्यपहाडी लोकमार्गमा निर्माण हुन लागेका १० नयाँ शहर
कसको मातहतमा बनाइने भएको छ ?
✔✔केन्द्रीय सरकार - सरकारले आव २०७५/७६ देखि शहर निर्माणको जिम्मेवारी
प्रदेश सरकारलाई दिने निर्णय गरेकोमा २०७५ मङ्सिरमा बसेको पन्त्रिपरिषद् वैठकले शहर निर्माणको जिम्पा संघलाई नै दिएको छ। मध्यपहाडी लोकमार्गमा नयाँ शहर निर्माणको काम आ.व. २०६५/६६ देखि शुरु भएको थियो। नयाँ शहरका रूपमा विकास गर्न छनोट भएका दश स्थानमा पाँचथरको फिदिम, तेह्रथुमको वसन्तपुर, सिन्धुलीको खुर्कोट, धादिङको बैरेनी, बागलुङको बुर्तिवाङ, दैलेखको राकमकर्णाली, रुकुमको चौरजहारी, अछापको साँफेबगर, बैतडीको पाटन र तनहुँको डुमै रहेका छन्। १५ वर्षे योजनामा निर्माण हुन लागेका यी प्रत्येक शहरमा एक लाखभन्दा बढी जनसङ्ख्या व्यवस्थापन हुने बताइएको छ ।
✔ प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवराले कहिलेदेखि कार्यभार
सम्हाल्नुभयो ?
✔✔ वि.सं. २०७५, पुस १८ गते ।
(२०१४ साल, पसिर २८ मा काठमाडौंमा जन्मनुभएका चोलेन्द्र वीर शमशेरका पनाति हुनुहुन्छ। वीर शपशेरका छोरा इन्द्रशमशेर २ उहाँका छोरा युवराज शमशेरका छोरा चोलेन्द्र २०५३ साल, वैशाख १ गते तत्कालीन पुनरावेदन अदालतको
अस्थायी न्यायाधीश नियुक्त हुनुभएको थियो।
✔ प्रदेश २ का प्रमुख रत्नेश्वरलाल कायस्थले प्रदेश प्रहरी ऐन, २०७५ को प्रमाणीकरण कहिले गर्नुभयो ?
✔✔वि.सं. २०७५, पुस १५ गते ।।
१४ परिच्छेद, १०२ दफा र २ अनुसुची रहेको यस ऐनमा प्रदेश प्रहरीको कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय सम्बन्धी व्यवस्था सङ्घीय कानूनले निर्धारण गरे बपोजिप हुने व्यवस्था ऐनको दफा ९९ मा उल्लेख गरिएको । साथै दफा १०० का अनुसार प्रदेश लोकसेवा गठन नभएसम्प प्रदेश लोकसेवा आयोगले गर्ने भनी तोकेको काम, कर्तव्य लोकसेवा आयोगले गर्ने उल्लेख छ। त्यस्तै, दफा ६ को उपदफा १ मा प्रदेश प्रहरीको सङ्गठन, संरचना र प्रहरी कर्मचारीको सङ्ख्या नेपाल सरकारको सहमतिमा प्रदेश सरकारले तोके बमोजिम हुने व्यवस्था रहेको छ। प्रदेश प्रहरीको प्रमुखमा राजपत्राङ्कित विशिष्ट श्रेणीबाट रहने व्यवस्था गरिएको छ। खुला प्रतियोगिताद्वारा पूर्ति हुने पदपध्येबाट ४५ प्रतिशत पद आरक्षित गरिएको, जसमा ४५ प्रतिशतलाई १०० प्रतिशत आधार मानी मधेशीलाई ५४.३६, दलितलाई १७.२९, मुस्लिमलाई ११.५८, आदिवासी जनजातिलाई ६.६१, थारुलाई ५.२७ प्रतिशत र आर्थिक रूपले विपन्न खस आर्यलाई ४.८९ प्रतिशत छुट्याइएको छ। यसको प्रत्येक समूहमा ५० प्रतिशत पहिलाका लागि आरक्षित गरिएको छ।
✔काठमाडौंको रत्नपार्कमा पन्ध्रौं काग सम्मेलन कहिले आयो
जना गरियो ?
✔✔वि.सं. २०७५, कात्तिक १९ इलापका रमेश दुलाल 'कागे' (एक सय ७३ जीवजन्तुको
आवाज निकाल्न सक्ने)द्वारा कागको आवाज निकालेर करिब तीन सय काग बोलाई पन्ध काग सम्मेलन सम्पन्न गरिएको थियो । सम्मेलन राष्ट्रिय सङ्गीतकर्मी सङ्घले आयोजना गरेको थियो। काग सम्मेलन हरेक वर्ष काग तिहारको दिन आयोजना गरिदै आएको छ।
✔अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच सिङ्गापुरमा शिखरवार्ता कहिले भएको हो ?
✔✔ सन् २०१८, जुन १२
अमेरिकी राष्ट्रपति र उत्तर कोरियाका सर्वोच्च नेताबीच इतिहासमै पहिलोपटक भेटवार्ता भएको थियो। शिखरवार्तामा उत्तर कोरियाको परमाणु निःशस्त्रीकरण र कोरिया प्रायद्वीपको स्थायित्वका लागि दुई नेताद्वारा सहमतिपत्रमा हस्ताक्षर गरिएको थियो।
✔२१औं शताब्दीको सबैभन्दा लामो चन्द्रग्रहण कहिले लाग्यो ?
✔✔सन् २०१८, जुलाई २८ (ब्लड पुन पनि भनिने सो ग्रहण ३ घण्टा ४५ मिनेट (२०७५ साल , साउन १२ गते राति १२.०९ देखि विहान ४.०४ ) लागेको थियो।
✔हाल विश्वमा सबैभन्दा बढी मानिसले बोल्ने भाषा कुन हो ?
*✔✔ चिनियाँ भाषा (एक अर्ब २० करोडले बोल्छन्)
(चिनियाँ भाषापछि सबैभन्दा बढी मानिसले बोल्ने दोस्रो भाषा स्पेनी र तेस्रो भाषा अङ्ग्रेजी हुन् ।
✔सुत्केरी भैंसीलाई तीन हजार भत्ता प्रदान गर्ने व्यवस्था कहाँ
गरिएको छ ?
*✔✔ सल्यानको बागचौर न.पा.
(नेपालको परम्परागत कृषि प्रणाली र पारिवारिक रूपमा गरिने पशुपालन व्यवसायलाई टिकाउन र प्रोत्साहन गर्ने उद्देश्यले
भत्ताको व्यवस्था गरिएको हो ।
✔जलवायु परिवर्तनको जोखिमका हिसाबले नेपाल कति
स्थानमा रहेको छ ?
*✔✔ चौथो
✔ प्रतिनिधिसभाबाट कर्मचारी समायोजन अध्यादेश कहिले
स्वीकृत भएको हो ?
✔✔वि.सं. २०७५, पुस १७
✔ चितवन राष्ट्रिय निकुञ्जलाई प्लास्टिकमुक्त क्षेत्र घोषणा
कहिले गरिएको हो ?
✔✔वि.सं. २०७५, पुस १७
✔ "अध्ययनले हामीलाई आनन्द दिलाउँछ, सिँगार्छ र योग्य
बनाउँछ।" भन्ने भनाइ कसको हो ?
✔✔फ्रान्सिस
✔चिया सर्वेक्षण प्रतिवेदन, २०७५ कहिले सार्बजनिक गरिएको
हो ?
✔✔वि.सं. २०७५, असार २९
राष्ट्रिय चिया तथा कफी विकास बोर्डको सहयोगमा केन्द्रीय तथ्याङ्क विभागद्वारा वि.सं. २०७४, वैशाख १ देखि चैत मसान्तसम्म सर्वेक्षण गरिएको थियो। पहाड तथा हिमालका जिल्लामा न्यूनतम एक रोपनी र तराईमा न्यूनतम एक कठ्ठा १० धुर क्षेत्रफलमा चिया उत्पादन गर्नेलाई व्यावसायिक चिया खेती अन्तर्गत राखिएको छ। सर्वेक्षण अनुसार चिया बगान र किसानको सङ्लग्नताका हिसावले ईलाप अगाडि रहेको छ । चिया खेती गरिएको क्षेत्रफल र उत्पादनका हिसावले झापा सबैभन्दा अगाडि रहेको छ। चिया वगान र क्षेत्रफलका आधारमा तेस्रो स्थानमा पाँचथर हो । नेपालमा हाल व्यावसायिक रूपमा चिया खेती सञ्चालन भएका १४ जिल्लामा ताप्लेजुङ, पाँचथर, इलाम, झापा, सङ्खुवासभा, भोजपुर, धनकुटा, तेह्रथुम, मोरङ दोलखा, सिन्धुपाल्चोक, रामेछाप, नुवाकोट र ललितपुर रहेका छन् । नेपालमा हाल १२ हजार ६६ हेक्टर जमिनमा चिया खेती गरिएको छ। नेपालमा हाल २ हजार २३६ चिया वगान रहेका छन् ।
✔अदुवा उत्पादन गर्ने राष्ट्रहरुमा नेपाल विश्वको कतिऔं स्थानमा रहेको छ ?
✔✔तेस्रो (सन् २०१८)
✔ दक्षिण एसियाली महिला विकास फोरमद्वारा आयोजित
अन्तर्राष्ट्रिय महिला उद्यमी शिखर सम्मेलन सन् २०१८ मा कहाँ सम्पन्न भयो ?
✔✔काठमाडौं (सन् २०१८, सेप्टेम्बर ३-५) (सम्मेलनको मुख्य नारा 'समानता आर्थिक सशक्तीकरणबाट शुरु हुन्छ।' रहेको थियो ।
✔ विश्वमा सबैभन्दा बढी जनसङ्ख्या भएको शहर कुन हो ?
टोकियो, जापान (तीन करोड ८३ लाख)
✔✔(सबैभन्दा बढी जनसङ्ख्या भएको दोस्रोदेखि पाचौं स्थानसम्पका शहरमा क्रमश - दिल्ली (दुई करोड ७९ लाख) • साङ्घाई दुई करोड ५९ लाख), वेइजिङ (दुई करोड २८
लाख) र मुम्बई (दुई करोड २० लाख) रहेका छन् ।
✔बल्डं सिटी समिट-२०१८ कहिले र कहाँ सम्पन्न भएको हो ?
*✔✔ सन् २०१८, जुलाई ८-१२, सिङ्गापुर
✔. नेपालद्वारा चीन सरकारलाई उपहारस्वरुप एक जोड़ी गैंडा कहिले दिइएको हो ?
✔✔* वि.सं. २०७५, असार २८ (सन् २०१८ जुलाई १२)
(भद्र र रुपसी नामका गैंडा प्रदान गरिएको थियो ।
✔विश्वमा पहिलोपल्ट हाइड्रोजन रेलको सञ्चालन कहाँ गरियो ?
✔✔जर्मनी (सन् २०१८, सेप्टेम्बर १६) पर्यावरण अनुकूलको सो रेललाई ‘हाइड्राइल' पनि भनिएको छ। पानीलाई विघटित गरी हाइड्रोजन र अक्सिजन निकालेर सञ्चालन हुने यस रेलले केवल जलवाष्ण पात्र फ्याँक्ने गर्छ। रेलको नाम कोराडिया आइलिन्ट राखिएको छ।
✔नेपाल सरकारद्वारा एक सय पर्यटकीय गन्तव्यको सूची
कहिले सार्वजनिक गरिएको हो ?
* ✔✔वि.सं. २०७५, कात्तिक १५
✔बि. स. २०७५ भदौ १ मा त्रिमूर्ति निकेतनद्वारा सत्यमोहन जोशी शताब्दी पदक क-कसलाई प्रदान गरियो ?
*✔✔ चिरीबाबु महर्जन, लक्ष्मीदास मानन्धर र सुजीव बज्राचार्य
✔लोन्ली प्लानेटद्वारा सार्वजनिक प्रतिवेदन अनुसार सन् २०१९ मा घुम्नलायक विश्वका प्रमुख दश शहरको सूचीमा काठमाडौं कतिऔं स्थानमा परेको छ ?
✔✔पाचौं (सो सूचीमा रहेका प्रमुख १० शहरमा क्रमश : कोपनहे गन (डेनपार्क), सेन्जेन (चीन), नोपिसाद (सर्विया), पियापी (फ्लोरिडा), काठमाडौं (नेपाल), मेक्सिको सिटी (पेक्सिको), डाकर (सेनेगल), सियाटल (अमेरिका), जादर (क्रोसिया) र पेक्नेस (पोरक्को) रहेका छन् ।
✔ सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार हालसम्म कति जनालाई
प्रदान गरियो ?
* ✔✔चार (भगवतीकुमार काफ्ले, सूर्यप्रसाद गौतम, भाइकाजी
तिवारी र शान्तराज सुवेदी)
✔निजी क्षेत्रबाट सञ्चालित नेपालको तेस्रो केवलकार कुन हो ?
✔✔कालिञ्चोक केवलकार (दोलखा) - यो केवलकार वि.सं. २०७५, कात्तिक १७ देखि सञ्चालनमाआएको हो। धार्मिक तथा पर्यटकीय क्षेत्र कुरीदेखि कालिञ्चोक मन्दिरसम्म जोड्ने सो केवलकारको लावाइ नौ सय मिटर रहेको छ। - कालिञ्चोक दर्शन प्रा.लि. द्वारा सञ्चलित उक्त केवलकार करिब ४५ करोड लागतमा निर्माण भएको हो।
✔ उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन र दक्षिण कोरियाली राष्ट्रपति मुन जाई इनबीच ऐतिहासिक भेटबार्ता कहिले भएको हो ?
✔✔* सन् २०१८, अप्रिल २७
(किम र मुनले आ-आफ्नो भूमिमा टेकेर हात मिलाएपछि उत्तर कोरियाली नेता किमले सीमारेखा नाघ्दै दक्षिण कोरियाली भूमिमा पहिलोपटक पाइला राख्नुभएको थियो । सन् १९४५ मा कोरिया दुई भागमा विभाजित भएपछि दक्षिण कोरियामा पाइला टेक्ने किम पहिलो नेता हुनुभएको छ । सो अवसरमा दक्षिण कोरियाली राष्ट्रपति पनि उत्तर कोरियाली भूमिमा पुग्नुभएको थियो।
✔ नेपालभित्र बिक्री वितरण हुने पेट्रोल तथा डिजेलमा प्रतिलिटर प्रदूषण नियन्त्रण शुल्क कति तोकिएको छ ?
✔✔५० पैसा । (प्रदूषण नियन्त्रण शुल्क पैठारीकर्ताले असुल गरी प्रत्येक पहिनाको शुल्क अर्को महिनाको २५ गतेभित्र राजस्व खातामा दाखिला गर्नुपर्ने व्यवस्था रहेको छ । सो अवधिभित्र दाखिला नगरेमा वार्षिक १५ प्रतिशत व्याजसहित असुलउपर गरिने छ।)
बायो भिलेज नमूना कार्यक्रम सञ्चालन गरिएको नेपालको
पहिलो जिल्ला कुन हो ?
*✔✔ तनहुँ
सेयर गरेर सुरक्षित राख्नुहोस् ताकि खोजेको बेला पढ्न सकियोस।
नया नया अपडेट को लागि पेज लाइक गर्नुहोला।
No comments:
Post a Comment