Thursday, January 10, 2019

पृथ्वीनारायण शाहा

पृथ्वीनारायण शाहका समयमा आजको नेपाल नामक भुमी अत्यन्त शङकटमा थियो।
उत्तर तर्फ चिनियाँ बादशाहको फौज सर्दै थियो भने दक्षिण तर्फ भारतिय मुगल साम्राज्यको सर्दै आइरहेको  थियो।
र पश्चिम बाट सारा दुनियालाइ जित्दै बृटिस साम्राज्य आउदै थियो।
बिचमा ५२ टुक्रामा बिभाजित स सना गौडा राज्य(गाउँ गाउका राज्य) थिए नेपालमा ।
आ आफै काट मार गरि आफै कमजोर क्षिणहिन राज्य थिए । ठिक त्यही सङकटको भुमिरिमा गोर्खाका राजा पृथ्वीनारायण शाहाले गरेको दुर दृष्टिले नेपाल नामक देशको जन्म भयो।
गोर्खाली फौज बिस्वमै सुप्रसिद्द भयो। नेपाल देशको अस्तित्वमा आयो।
पृथ्वीनारायण शाहलाइ तत्कालीन नेपाल जोघाउन यति ठूलो सङकट थियो कि यता नेपाल भित्रै हारेका राजाहरु बिदेशी सङ्ग मिलेर षडयन्त्र गर्दै थिए ।
 एकातिर आफ्नै देशभित्रका शक्ति सङ्ग जुद्द्नु पर्थ्यो भने अर्कोतिर बिदेशी शक्ति सङ्ग ।
बङ्गाली मुस्लिम शासकले दुई पटक नेपाल आक्रमण गर्यो पहिलो पटक समसुद्दिन इलियासको नेतृत्वमा आएर काठमाडौका सङ्ररचना ध्वस्त पार्दै मठमन्दिर आगो लगाइ गए र दोस्रो पटक मिर कासिमको नेतृत्वमा आए घामासान लडाइ भयो र पृथ्वीनारायण शाह नेतृत्वको फौजले कुसलता पुर्बक जित हासिल गरि नेपाल बचाए ।
त्यसपछि थुप्रै पटक अंग्रेज़ सङ्ग लड्नु पर्यो ।
धर्मको नाम बाट देश कब्जा गर्ने रणनीति बोकेका तत्कालीन इशाइ पादरी कुपुचिन फादरको मिसनरी समुहलाइ नेपालमा बन्देज लगाए
र मर्ने बेलामा देशका सबै उत्तराधिकारिहरुलाइ बोलाएर बहुमुल्य उपदेश दिई स्वर्गलोक भए ।
उनै नेपालका सृष्टिकर्ता माहापुरुस श्री ५ पृथ्वीनारायण शाहलाइ हार्दिक श्रद्धाञ्जली !
उपदेशहरु:
"मेरा साना दुखले आर्ज्यको मुलुक होइन यो" देशको रक्षा गर्नु!

"नेपाल चार वर्ण छत्तिस जातको साझा फुलवारी हो" मिलेर बस्नु!

"घुस लिन्या र दिन्या देशका शत्रु हुन ती दुबैलाइ दन्डित गर्नु"

"प्रजा मोटा भया देश बलियो हुन्छ सधै प्रजालाइ खुसी राख्नु"

"खानी भएका ठाउमा गाउँ भया पनि गाउँ सारेर खानी चलाउनु , परनिर्भर नहुनु"

"बिदेशिलाइ तराइ भन्दा उभो आउन नदिनु यिनले मौका पायो भन्या नेपाललाइ कङ्गाल बनाइ छोड्ने छन"

"जाइ कटक नगर्नु झिकी कटक गर्नु"

No comments:

Post a Comment