-नेपालले प्रक्षेपण गर्ने तयारी गरिरहेको भु-उपग्रह (नानो स्याटेलाईट)को नाम बर्ड्स 3 नभएर नेपालीस्याट -१ हो ।
-त्यसोभए बर्ड्स -3 के हो त ?
यो अन्तरिक्ष प्रोजेक्टको तेश्रो चरण हो । यसमा जापान,नेपाल,भुटान र श्रीलंका संलग्न रहेका छन् ।यसभन्दा अघि बर्ड्स -1 र बर्ड्स -2 अभियान संचालन भईसकेका छन् ।
-बर्ड्स 3 मा नेपाल,जापान,भुटान र श्रीलंका संलग्न भएतापनी अहिले नेपाल,श्रीलंका र जापानले भु-उपग्रह प्रक्षेपण गर्दैछन् जसमा :
नेपालको : नेपालीस्याट-1
श्रीलंकाको : रावण -1
जापानको : उगुइसु(uguisu) रहेका छन् ।
-यिनिहरुको प्रक्षेपण २०७६ बैशाखतिर गरिने भएको छ । जापानको japan aerospace exploration agency(jaxa) मार्फत यी भु-उपग्रहहरु प्रक्षेपण गरिने जनाईएको छ ।
नेपाल अन्तरीक्ष विज्ञान संघका chairman सुरेश भट्टराई सरसंगको कुराकानीमा आधारित ।
संकलन : कमलप्रसाद भण्डारी ।
<b>यस्तै सहयोगी सामग्रीको लागि माथिको पेज लाईक गरेर अपडेट हेर्न नभुल्नुहोला ।
No comments:
Post a Comment