#६७_औं_अन्तराष्ट्रिय_भन्सार_दिवस_२०१९
📖📖📖📖📖📖📖📖📖📖📖📖📖📖📖📖
⇨प्रत्येक वर्ष January 26 तारिखका दिन मनाइन्छ।
🔘 यस वर्षको नारा: ⇨“SMART borders for seamless Trade, Travel and Transport.”
◾विश्व भन्सार संगठन–WCO को सन् 1952 January 26 मा स्थापना भएको अवसर पारेर सन् 1953 देखि मनाउँदै आइएको।
◾सन् २०१८ को नारा:⇨ “A secure business environment for economic development"
◾भन्सार विभागका अनुसार हाल नेपालमा ⇨३० वटा मूल भन्सार कार्यालय र ⇨१४३ वटा छोटि भन्सार कार्यालयहरु रहेका छन् ।
◾नेपालको एकमात्र हवाई भन्सार कार्यालय
⇨ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हो।
🔘“भन्सार” भनेको के हो ?
⇨क्योटो महासन्धीले गरेको परिभाषा अनुसार भन्सार सम्बन्धी कानूनको प्रशासन गर्ने र भन्सार महसुल, कर, शुल्क एवं दस्तुरहरु संकलन गर्ने सरकारी सेवा नै भन्सार हो ।
⇨भन्सार महशुल एक अप्रत्यक्ष कर हो।
🔘भन्सार कार्यालयका मुख्य काम के के हुन् ?
📖📖📖📖📖📖📖📖📖📖📖📖📖📖📖
क) निकासी /पैठारी हुने मालवस्तुको जाँचपास गरी निर्धारण गरिएको राजश्व असुली गर्ने,
ख) भन्सार नाकाबाट हुने चोरी निकासी /पैठारी नियन्त्रण गर्ने,
ग) बैध व्यापारलाई सहजीकरणको वातावरण सिर्जना गर्ने,
घ) मनाहि /निषेधित मालवस्तुको निकासी /पैठारीमा नियन्त्रण गर्ने,
ङ) भन्सार सम्बन्धी ऐन नियम कडाईका साथ कार्यान्वयन गर्ने।
**************
हिजो - आजका महत्त्वपूर्ण समसामयिक घटनाक्रमहरु : - २०७५ माघ १० गते
…………………………………………………………………
1. " गोल्डेन ब्लड " के हो ?
• मानिसमा हुने रगत समूह,
• वास्तविक नाम के हो ? :- ' RH Null '
• RH Null लाई ' गोल्डेन ब्लड ' किन भनियो ? :- ' गोल्डेन ब्लड ' , जसको नेपाली अनुवाद ' सुनौलो रगत ' भन्ने हुन्छ । यद्यपि वास्तवमा यहाँ गोल्डेन ब्लडको अर्थ भने दुर्लभ रगत भन्ने बोध हुन्छ । विश्वका करिब ४३ जनामा मात्र पाइने भएकाले ' RH Null ' ब्लड लाई गोल्डेन ब्लड भनिएको हो ।
• पहिलोपटक कहिले कहाँ फेला परेको थियो ? :- सन 1961 मा अस्ट्रेलिया कि एक महिलामा ।
• यो ब्लड समूह वंशाणुगत हुने भएकाले हालसम्म अस्ट्रेलिया , जापान, ब्राजिल, कोलम्बिया , आयरल्यान्ड र अमेरिका लगायत देशका ४३ जनासङ्ग मात्र रहेको ।
2. काठमाडौं उपत्यकामा मेट्रो रेलको डिपिआर तयार गर्न रेल विभागले ग्लोबल टेण्डर आह्वान गरेको
• कहिले ? :- २०७५ माघ १० गते
• काठमाडौं को सातदोबाटो - रत्नपार्क - नारायणगोपाल चोक रुटमा करिब १२ कि मि लम्बाइमा मेट्रो रेल संचालन हुने
• इच्छुक कम्पनीलाइ २०७५ चैत ८ गतेसम्म दरखास्त अह्वान गरिएको र जिम्मा पाउने कम्पनीले १८ महिनाभित्र डिपिआर तयार गरिसक्नुपर्नेछ ।
3. साहित्यकार तथा समालोचक मोहनराज शर्मा को ७८ वर्ष को उमेरमा निधन
• कहिले ? :- २०७५ माघ १० गते
• ' बैकुण्ठ एक्सप्रेस ' नाटक को लागि वि स २०४२ को मदन पुरस्कार प्राप्त गर्नुभएको ।
4. भाषा आयोगको सदस्यमा उषा हमाल नियुक्त
• कहिले ? :- २०७५ माघ ७ गते
5. ' हुर्का नाच ' कुन समुदाय सङ्ग सम्बन्धित छ ?
• मुसहर समुदाय
6. अमेरिकासङ्गको कुटनैतिक सम्बन्ध तोड्ने भेनेजुयलाका रास्ट्रपति निकोलस मडुरोको घोषणा
• कहिले ? :- 2019 जनवरी 24
• किन ? :- अमेरिकाले भेनेजुयलामा सरकारविरुद्दको प्रदर्शनको नेतृत्व गरेका विपक्षी नेता खुआन गोइदोलाइ अन्तरिम रास्ट्रपतिको मान्यता दिएकाले
• 2019 जनवरी 23 मा विपक्षी नेता गोइदो ले आफूलाइ आफै रास्ट्रपति घोषणा गरेका थिए, जसलाइ त्यहाको रास्टृय सभाका अध्यक्ष , अमेरिका, क्यानडा, ब्राजिल पेरु लगायतका देशले समर्थन गरेका । मेक्सिको, बोलिभिया, क्युवा लगायतका देशले मडुरोको समर्थन गरेका । यद्यपि भेनेजुयलाको रक्षा मन्त्रालयले भने सो कार्यलाइ निन्दा गरेको छ भने युरोपियन युनियन ले निर्वाचन गर्नुपर्ने जनाएको छ ।
7. विश्वकै पहिलो " फाइभ जी चिपसेट सार्वजनिक "
• कहिले ? :- 2019 जनवरी 24 मा
• कसले ? :- चिनिया दुरसन्चार तथा प्रविधी कम्पनी ' हुवाबा ' ले
• के नाम दिइएको ? :- " टियानग्याङ "
© :- Keshav Dhungana - केशव ढुङ्गाना परिवर्तन
No comments:
Post a Comment