Sunday, July 14, 2019

स्थानीय तह लक्षित अति-महत्वपुर्ण समसामयिक जानकारीहरु भाग १..!! ▩▩▩▩▩▩▩▩▩▩▩▩▩▩▩▩▩▩▩▩▩

1. 16 औ NSJF पल्सर स्पोर्टस अवार्ड 2075 मा कुन टिमले टिम अफ दि ईयरको अवार्ड जित्यो??
⇨प्याराग्लाईडिङ्ग

2. प्रथम आर्थिक गणना 2075 अनुसार सबैभन्दा बढी प्रतिष्ठान रहेको जिल्ला कुन हो??
⇨काठमाण्डौ

3.राष्ट्रिय खेलको ईतिहासमा आठौ राष्ट्रिय खेलकुदमा पहिलोपटक समावेश गरिएको खेल कुन हो??
⇨प्याराग्लाईडिङ्ग

4.भष्टाचार सुचकाङ्क 2018 मा नेपाल कति ओ स्थानमा रहेको छ??
⇨124 औ

5.उत्तम शान्ती पुरस्कार 2076 कस्लाई प्रदान गरियो??
⇨ईल्या भट्टराई(कृती:- दक्षिणायान)

6. नेपाल सरकारले सन कहिलेसम्ममा भोकमरी अन्त्य गर्ने लक्ष्य लिएको छ??
⇨सन 2025

7. हाल प्रमुख निर्वाचन आयुक्त को रहेका छन??
⇨दिनेश कुमार थपलिया

8.विश्व वातावरण दिवस 2019 को नारा के रहेको छ??
⇨Beat Air Pollution

9. चिनमा सम्मन्न वेल्ट एन्ड रोड ईनिसियटिभको दोस्रो अन्तराष्ट्रिय सम्मेलन 2019 मा नेपालको तर्फवाट को सहभागी भएको थिए??
⇨राष्ट्रपती

10. नेपालकै पहिलो मानवाधिकार मैत्री गाँउ घोषणा भएको गाँउ कुन हो??
⇨राँचुली गाँउ(कालिकोट)

11.हाल नेपालको राष्ट्रिय फुटवल टिमका प्रशिक्षक योहान कालिन कुन देशका नागरिक हुन??
⇨स्वीडेन

12.महालेखा परिक्षकको 56 औ वार्षिक प्रतिवेदन 2075 अनुसार सबैभन्दा धेरै बेरुजु भएको मन्त्रालय कुन हो??
⇨अर्थमन्त्रालय(29.66%)

13. राष्ट्रिय बहुआयामिक गरिवी सुचकाङ्क 2074 अनुसार नेपालमा कति प्रतिशत गरिवी रहेको छ??
⇨28.62%

14.युगकवि सिद्धिचरण पुरस्कार 2076 कसलाई प्रदान गरियो??
⇨डा. ध्रुवचन्द्र गौतम

15.मिलानकोली के हो??
⇨वातावरण सम्वन्धी चेतनामुलक गित

16. 15 औ योजनाले कति प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको छ??
⇨10.3%

17. वन स्रोत सर्वेक्षण 2016 अनुसार नेपालमा औषत प्रतिहेक्टर रुख संख्या कति रहेको छ??
⇨430 वटा

18.चिया सर्वेक्षण प्रतिवेदन 2075 अनुसार सबैभन्दा बढी चिया उत्पादन गर्ने जिल्ला कुन हो??
⇨झापा

19.नेपाल सरकारले वि.स 2075 -2085 लाई कुन दशकको रुपमा मनाउदै छ??
⇨उर्जा तथा जलस्रोत दशक

20. 91 औ ओस्कार अवार्ड 2019 मा नेपालबाट प्रतिनिधित्व गरेको फिल्म कुन हो??
⇨पञ्चायत

21.लोन्ली प्लानेटले सार्वजनिक गरेको विश्वका घुम्नलायक उत्कृष्ठ 10 शहरको सुचिमा काठमाण्डौ कति औ नम्वरमा परेको छ??
⇨पाँचौ

22. 32 औ गृष्मकालिन ओलम्पिक सन 2020 मा कुन देशमा हुदैछ??
⇨जापान

23. पर्यटन मन्त्री रविन्द्र अधिकारी सहित 7 जनाको ज्यान जानेगरी एयर डाईनेस्टीको हेलिकोप्टर कहिले दुर्घटना भएको थियो??
⇨वि. स 2075 फागुन 15

24.गोरखापत्र राष्ट्रिय पत्रकारीता पुरस्कार 2076 कस्लाई प्रदान गरियो??
⇨पुण्य पौडेल

25. 91 औ ओस्कार अवार्ड 2019 मा सर्वोत्कृष्ट हुनै चलचित्र कुन हो??
⇨ग्रीन वुक

26. क्लिनफिड के हो??
⇨विज्ञापन रहित टेलिभिजन च्यानलको अवधारणा

27. सरकारले 2075 कात्तिक 16 मा भ्रमण वर्षको संयोजकमा कसलाई नियुक्त गरेको छ??
⇨सुरज वैद्य

28. 2076 जेठ 16 मा मनाईएको पहिलो राष्ट्रिय महिला अधिकार दिवशको नारा के रहेको थियो??
⇨लैङ्गिक भेदभावको अन्त्य:समृद्ध नेपालको गन्तव्य

29. 2075 चैत्र 15-16 मा सम्पन्न तेस्रो नेपाल लगानी सम्मेलनमा सरकारले लगानीको लागी कति परियोजनालाई शो-केशमा राखेको थियो??
⇨77 वटा

30. बाघ गणना 2075 अनुसार हाल नेपालमा बाघको संख्या कति रहेको छ??
⇨235 वटा

31.नेपालसंग सन 2019 मार्च 5 मा दोहोरो करमुक्ती सम्झौता गर्ने 11 औ राष्ट्र कुन हो??
⇨बंगलादेश

32.वि. स 2075 चैत्र 17 गते बारा र पर्सामा विध्वशं मच्चाउने गरी आएको आधीको नाम के हो??
⇨टोर्नाडो

33.वि. स 2076 वैसाख 5 गते प्रक्षेपण गरिएको नेपाली स्याटलाईटले कहिलेवाट पृथ्वीको कक्षमा घुम्न शुरु गरेको छ??
⇨वि. स 2076 असार 2

34.वैज्ञानिकहरुले ब्ल्याकहोलको वास्तविक तस्वीर हालै कहिले सार्वजनिक गरेका छन??
⇨सन 2019 अप्रिल 10

35. सातै प्रदेश सरकारहरुले एकै पटक कहिले 2076/77 को बजेट सार्वजनिक गरेका छन??
⇨वि. स 2076 असार 1

36.तलका भनाई विचार गर्नुहोस..!!
1. हाल नेपालमा गाउँपालिकाको संख्या 460 रहेको छ
2.सवैभन्दा धेरै स्थानीय तह भएको जिल्ला सर्लाही हो
⇨दुवै सहि

37. सन 2018 मा चलेको एलो भेस्ट मुभमेन्ट कुन देशसंग सम्वन्धित छ??
⇨फ्रान्स

38.UNO ले सन 2020 लाई कुन वर्षको रुपमा मनाउदै छ??
⇨International year of plant health

39.वि. स 2076 वैसाखमा सम्पन्न आठौ राष्ट्रिय खेलकुदमा जम्मा कति खेल समावेश थिए??
⇨35 वटा

40.मदन भण्डारी स्मृती पुरस्कार 2075 कस्लाई प्रदान गरियो??
⇨सुवोध शर्मा

41.नेपाल को एकमात्र विशेष आर्थिक क्षेत्र(SEZ) कुन ठाउमा सञ्चालनमा आएको छ??
⇨भैरहवा

42. वि. स 2076 मा गौतम वुद्धको कतिऔ जन्मजयन्ती मनाईयो??
⇨2563 औ

43.नेपालसंग कुटनितीक सम्वन्ध कायम गर्ने हालसम्म सबैभन्दा पछिल्लो मुलुक कुन हो??
⇨ईस्वातीनी

44. डोल्पा राष्ट्रिय सडक सञ्जालमा कहिले जोडिएको हो??
⇨2075 मंसिर 1 गते

45. नेपाल सरकारले 2076 वैसाख 16 मा सार्वजनिक गरेको मर्यादाक्रम अनुसार प्रदेश प्रमुख कति औ नम्वरमा पर्दछन??
⇨आफ्नो प्रदेश भित्र सातौ र आफ्नो प्रदेश वाहिर आठौ

46.नेपालको तेस्रो केवलकार कुन जिल्लामा सञ्चालनमा आएको छ??
⇨दोलखा

47. हाल स्वास्थ्य विमा कार्यक्रम कति जिल्लामा सञ्चालित छ??
⇨42 जिल्ला (आर्थिक सर्वेक्षण अनुसार)

48. नेपाल सरकारले सामाजिक सुरक्षा योजना कहिले सार्वजनिक गरेको हो??
⇨2075 मंसिर 11 गते

49. गरिव परिवारलाई परिचयपत्र वितरण कुन जिल्लवाट शुरु गरिएको छ??
⇨कपिलवस्तुको मायादेवीवाट

50.हाल राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग का अध्यक्ष को रहेका छन??
⇨बालानन्द पौडेल

51. वि. स. 2076 असार 15 मा मनाईएको 16 औ धान दिवशको नारा के थियो??
⇨धान खेतिमा प्रबिधी र यान्त्रिकरण चामल आयात मा न्यूनीकरण

52. राष्ट्रिय कविता महोत्सव 2076 मा प्रथम हुने कविता कुन हो??
⇨प्रदेश गएका पतिका नाममा(हेम प्रवास को)

53. वि. स 2076 जेठ 13 मा सवैभन्दा छिटो (6 घण्टा 1 मिनेट) सगरमाथा आरोहण गरेर किर्तिमानी कायम गर्ने नेपाली को हुन??
⇨मिङ्गमा दोर्जे शेर्पा

54.सन 2019 को man booker international prize जित्ने jokha Alharthi कुन देश नागरिक की हुन??
⇨अाेमन

55. काठमाण्डौवाट सबैभन्दा नजिकको हिमाल जुगल पिकमा पहिलो पटक कहिले मानव पाईला टेकियो??
⇨2075 चैत 26

56. श्रम तथा रोजगार बैङ्क शुरु गर्ने नेपालको पहिलो स्थानीय तह(नगरपालिका)कुन हो??
⇨रास्कोट नगरपालिका, कालिकोट

57. नेपाल ईन्फाईस्ट्रक्चर (पुर्वाधार) बैङ्कको स्थापना कहिले भएको हो??
⇨2075/11/22

58. नेपालकै पहिलो विज्ञान संग्रहालय कुन ठाउमा रहेको छ ??
⇨किर्तिपुर

59. सन 2019 को मिस नेपाल अनुष्का श्रेष्ठ कति औ मिस नेपाल हुन??
⇨24आै

60.तेस्रो नेपाल श्रम शक्ती सर्वेक्षण 2074-75 अनुसार नेपालमा बेरोजगारी दर कति रहेको छ??
⇨11.4%

©-GOVINDA GIRI

⇨कृपया सक्दो शेयर गर्नुस है.... अव दैनिक स्थानीय तहको लागी समसामयिक पोष्ट गर्नेछु... पढ्न नभुल्नुहोला..!!

No comments:

Post a Comment