Tuesday, July 16, 2019

नेपालको संविधान 2072 को संक्षिप्त महत्त्वपूर्ण जानकारी पढ्नुहोस है... =====================================

नेपालको संविधान 2072 को संक्षिप्त महत्त्वपूर्ण  जानकारी पढ्नुहोस है...
===============================================
-: सुचनाको हक धारा 27, क्षिक्षाको धारा 31, समानताको धारा 18 र स्वतन्त्रताको हक सम्बन्धि व्यवस्था धारा 1६ मा गरिएको छ,
........
-: नागरिक कर्तव्य सम्बन्धि व्यवस्था धारा 48 मा गरिएको छ, राज्यको अन्तर्राष्ट्रिय नीति सम्बन्धि व्यवस्था धारा 50 को (4) मा गरिएको छ,
.......
-: नेपालको प्रराष्ट्र नीति सम्बन्धि व्यवस्था धारा 51 ( 8 ) मा गरिएको छ,
.......
-: नेपालको संविधान 2072ले अुनुसुचि 5 मा संघको , अनुसुची 6 मा  प्रदेशको अनुसुचि 7 मा प्रदेश स संघको साझा अनुसुचि 8 मा स्थानीय तहको र अनुसुचि 9 मा संघ,प्रदेश र स्थानीयतहको साझा अधिकर सम्बन्धि व्यवस्था गरिएको छ,
........
-: नेपाल सरकारले संघकी संचितबाट प्रदान गर्ने अनुदानहरु
- सर्शत अनुदान
- सम्पुरक अनुदान
अन्य प्रयोजनका लागि विशेष अनुदानहरु वितरण सम्बन्धि व्यवस्था संघीय कानुन बमोजिम  हुनेछ भन्ने व्यवस्था गरिएको छ,
.......
-: राष्ट्रपतिको निर्वाचन सम्बन्धि व्यवस्था धारा 62 ( 1 ) र उपराष्टपतिको निर्वाचन सम्बन्धि व्यवस्था धारा 70 मा गरिएको छ,( राष्ट्रपति र उपराष्टपति निर्वाचन फरक फरक लिङ्ग वा समुदायको हुने व्यवस्था छ)
............
-: नेपालको संविधानको भाग 7 मा संघीय कार्यपालिका सम्बन्धि व्यवस्था गरिएको छ भने नेपालको शासकीय स्वरुप सम्बन्धि व्यवस्था धारा 74 मा गरिएको छ,
.......
-: संघीय मन्त्री परिषद् सम्बन्धि व्यवस्था धारा 67 र प्रदेश मन्त्रिपरिषद सम्बन्धि गठन व्यवस्था यश संबिधानको धारा 168 मा गरिएको छ,
......... संकलन ........ भावि प्रधानमन्त्री
-: प्रतिनिधि सभा र राष्ट्रिय सभा नामका  दुई सदन सहितको एक संघीय व्यवस्थापिका हुनेछ जसलाई संघीय संसद भनिने छ, यश सम्बन्धी व्यवस्था धारा 83 भाग 5 संघीय व्यवस्थापिका  सम्बन्धि व्यवस्था गरिएको छ,
.........
-: यश संविधानले खस अार्य भनेर - क्षेत्री , ब्राह्मण , ठकुरी , दशनामी( सन्यासी) लाई परिभाषित गरेको छ,
..........
:- प्रधानमन्त्रीले व्यवस्थापिका संसदमा अाफ्नो बहुमत रहेको भन्ने सम्बन्धी व्यवस्था धारा 100( 1) गरिएको छ,( 1 वर्ष अविस्वासको प्रस्ताव फेल भए पुन: 1 वर्ष सम्म अविस्वासको प्रस्ताव राख्न नपाइने )
...........
-: प्रतिनिधि सभाका सभामुख राष्ट्रिय सभाका अध्यक्षको सिफारिस राष्ट्रपतिले संघीय संसद्को महासचिव नियुक्ति गर्न सक्ने व्यवस्था छ,
.........
-: न्यायसेवाको अध्यक्ष प्रधानन्यायाधीश हुने व्यवस्था छ,
.......
-: महान्यायाधिवक्ता सम्बन्धि व्यवस्था भाग 12 मा गरिएको छ, यसको मातहतमा( प्रत्येक प्रदेशमा 1-1 मुख्य न्यायाधिवक्ता रहने छन)
.......
-: प्रदेशको सभा एक सदनात्मक हुनेछ जसलाई प्रदेश सभा भनेर भनिनेछ,
.........
-: स्थानीय व्यवस्थापिका सम्बन्धी व्यवस्था भाग 12 मा गरिएको छ, व्यवस्थापीकिय अधिकार गाउँसभा र जिल्लासभामा निहित हुनेछ, गाउँसभामा प्रत्येक वडाबाट 2 जना महिला अनिवार्य हुनुपर्ने व्यवस्था छ,
.................
-: जिल्ला समन्वय समिति एक "प्रमुख ,उपप्रमुख"  कम्तीमा 3 जना महिला एक दलित वा अल्पसंख्यक गरि 9 जनाएको हुनेछ,
......
-: संघ,प्रदेश र स्थानियतहको सम्बन्ध सहकारीता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा अाधारित हुनेछ,
......
-: संघ प्रदेश र प्रदेश प्रदेश बीचमा विवाद उत्पन्न भएमा यस्तो विवाद समाधान गर्न प्रधानमन्त्रीको अध्यक्षतामा अन्तर प्रदेश परिषद्को गठन गरिने व्यवस्था छ,
.......
-: अख्तियार दुरुपयोग अनुसन्धान अायोग सम्बन्धी भाग 21 लोकसेवा अायोग भाग 23 धारा 242 महालेखा परिक्षक सम्बन्धि व्यवस्था भाग 22 मा गरिएको छ,
.........
-: प्रत्येक प्रदेशमा एक प्रदेश लोकसेवा अायोग रहनेछ भन्ने व्यवस्था धारा 244( 1 ) मा गरिएको छ,
......
-: निर्वाचन अायोग भाग 24, मानव अधिकार अायोग भाग 25, प्राकृतिक स्रोत तथा वित्त अायोग सम्बन्धि व्यवस्था भाग 26 मा गरिएको छ,
.........
-: राष्ट्रिय महिला अायोग धारा 252, दलित अायोग धारा 255, समाबेशी अायोग धारा 258 र अादिवासी जनजाती अायोग सम्बन्धि व्यवस्था धारा 261 मा गरिएको छ,
......
-: मधेसी अायोग धारा 262 थारु अायोग 263 र मुस्लिम अायोग सम्बन्धी व्यवस्था धारा 264 मा गरिएको छ,

...... संकलन R.R.Chhetri @

...........
-: राष्ट्रिय सुरक्षा सम्बन्धि व्यवस्था भाग 28 मा गरिएको छ प्रधानसेनापतिको नियुक्त र पद मुक्ति मन्त्री परिषदको सिफारिसमा राष्ट्रपतिबाट हुने व्यवस्था छ,
............
-: राजनीतिक दल सम्बन्धि व्यवस्था भाग 29 मा गरिएको छ भने संकटकालिन अधिकार सम्बन्धि व्यवस्था भाग 30 मा गरिएको छ,
......
-: संविधान संशोधन सम्बन्धि व्यवस्था भाग 31 को धारा 274 मा गरिएको छ,
........
सरकारी सेवाको गठन सम्बन्धि व्यवस्था धारा 285 र संघकी अायोगको गठन सम्बन्धी व्यवस्था धारा 259 मा गरिएको छ,
...............................
दुवै सदनको दुई तिहाइ बहुमतबाट मात्रै पारित हुने सन्धिहरु.....

क) शान्ति र मैत्री सन्धि
ख) सुरक्षा एवं सामरिक सम्बन्ध
ग) नेपाल राज्यको सिमाना
घ) प्राकृतिक स्रोतको उपयोग र बाडफाड
...........
सरकारी विधेयकका रुपमा मात्रै प्रस्तुत गर्न सकिने विधेयकहरु
- अर्थ विधेयक
- नेपाली सेना , नेपाल प्रहरी, सशस्त्र प्रहरिवल लगायत सुरक्षा निकाय संग सम्बन्धित विधेयकहरु
.........
-: संघीय अार्थिक  कार्य प्रणाली सम्बन्धि व्यवस्था भाग 10 मा गरिएको छ,
......
-: सर्वोच्च अदालतले असाधारण क्षेत्र अन्तर्गत जारी गर्नसक्ने अादेशहरु...
क) बन्दी प्रत्यक्षीकरण
ख) परमादेश
ग) उत्प्रेषण
घ) प्रतिषेध
ङ ) अधिकार पृक्षा लगायत अन्य
Copied

No comments:

Post a Comment