Thursday, November 22, 2018

Mansir 2075 current

पछिल्ला केहि अति-महत्वपुर्ण समसामयिक जानकारी..!!
▩▩▩▩▩▩▩▩▩▩▩▩▩▩▩▩▩▩▩▩▩▩▩

१) बुटवल र नेपालगन्ज उपमहानगरपालिका लाई एकै पटक कहिले हर्न निषेधित क्षेत्र घोषणा गरियो ?
⇨२०७५ मंसिर १ गते

२) आर्थिक बर्ष २०७४/७५ मा सबैभन्दा बढी कर तिर्ने करदाता सुर्य नेपाल प्राली हो भने बढि ब्यक्तिगत आयकर तिर्ने ब्यक्ति को हुन ?
⇨सिद्वार्थ शमशेर जबरा

३) डिजिटल गभर्नेन्स अवार्ड २०१८ नेपाल प्रहरी लाई प्रदान गरियो भने डिजिटल गभर्मेन्ट अवार्ड कसलाई प्रदान गरियो ?
⇨नेपाल प्रहरी

४) आउटस्टाङ्डिङ युजर अर्गनाइजेसन अवार्ड २०१८ बाट को सम्मानित भएको छ ?
⇨वर्ल्ड लिंक कम्युनिकेसन

५) नेपालकै पहिलो मदिरा निषेधित नगरपालिका रारा छायानाथ नगरपालिका, मुगु लाई कहिले मदिरा निषेधित क्षेत्र घोषणा गरियो ?
⇨२०७५ मंसिर १ गते

६) द वर्ल्ड कन्फिडिरेसन अफ बिजनेस नामक संस्थाले द बिज अवार्ड २०१८ नेपालको कुन अस्पताल लाई प्रदान गरेको छ ?
⇨नर्विक अन्तरास्ट्रिय अस्पताल

७) नासाका अनुसार बिस्वको सबैभन्दा अग्लो चुचुरो सगरमाथा भन्दा अग्लो मानिएको अमेरिकाको हवाई टापु स्थित माउना कियाना पहाडको उचाई कति रहेको छ ?
⇨३३४९६ फिट (१९७०० फिट प्रशान्त महासागरमा डुबेको)

८) माल्दिभ्समा सन २०१८ मा रास्ट्रपतिय निर्वाचन मा बिजयि हुने उम्मेद्वार को हुन ?
⇨इम्राहिम महोमाद सोलिह

९) मिसेस नेपाल इन्टरनेसनल २०१८ को उपाधी जित्ने सुन्दरी को हुन ?
⇨चन्द्रा थापा गिरि, सर्लाही

१०) मानव अधिकारवादी तथा स्वतन्त्र बामपंथी नेता पद्मरन्त तुलाधरको निधन कहिले भयो ?
⇨२०७५ कार्तिक १८ गते

११) बैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रद्वारा २०७५ कार्तिकमा प्रदान गरिएको सुप्रविध स्मृती नविकरण उर्जा पुरस्कार बाट सम्मानित हुने संस्था कुन हो ?
⇨नेपाल यन्त्रशाला इनर्जी, ललितपुर

१२) विश्व बजार समिक्षक इन्टरब्राण्डले २०१८ अक्टोबरमा सार्वजनिक गरेको प्रमुख अन्तरास्ट्रिय ब्राण्डहरुको सुचि २०१८ मा पहिलो हुने ब्राण्ड कुन हो ?
⇨एप्पल

१३) २०१८ सेप्टेम्बरमा अमेरिकामा आएको आंधिको नाम फ्लोरेन्स रहेको छ भने २०१८ अक्टोबरमा अमेरिकामा आएको आंधिलाई के नाम दिइएको छ ?
⇨माईकेल

१४) बिबिसी को उत्प्रेरणादायी र प्रभावशाली १०० महिलामा पर्ने नेपाली महिला को हुन ?
⇨उमादेवी बादी (कैलाली)

१५) कृतिम सुर्य र चन्द्रमाको आबिस्कार गरि चाडै परिक्षणको लागि तयार रहेको बिस्वको मुलुक कुन हो ?
⇨चीन

१६) रास्टिय परिचयपत्र बितरण २०७५ मंसिर ३ गते देखि कुन जिल्लाबाट सुरु भयो ?
⇨पाँचथर

१७) फ्रान्सको सफरान आइडेन्डिटि एन्ड सेक्युरिटी कम्पनीले बनाएको नेपालको रास्टिय परिचयपत्र पाउने पहिलो ब्यक्ती को हुन ?
⇨भगवतीदेवि भण्डारी (१०१ बर्षिय, पाचथर)

१८) २०६२ देखि हरेक बर्ष मंसिर १ गते मनाउदै आइएको १४ औ राष्ट्रिय कफि दिवश २०७५ को नारा के रहेको छ ?
⇨"प्रविधिमा आधारित गुणस्तरीय कफि उत्पादनको बृहत् अभियानमा जुटौ ।"

१९) नागरिक उड्डयन प्राधिकरणको आर्थिक बर्ष २०७४/७५ को तत्थ्याङ्क अनुसार घाटामा रहेका बिमानस्थलहरु कतिवटा रहेका छन ?
⇨१० वटा (जनकपुर, सिमरा, बिराटनगर, थामखर्क, तुम्लिङटार, रुम्जाटार, रुकुम सल्ले, सुर्खेत, जुम्ला, धनगढी)

२०) इन्टरपार्लियामेन्ट युनियन IPU ले सन २०१८ मा सार्वजनिक गरेको संसदमा महिलाको प्रतिवेदन २०१८ अनुसार नेपाल कति औ स्थानमा रहेको छ ?
⇨३६ औ स्थानमा (पहिलो मुलुक रुवान्डा)

✔Govinda Giri

☆अध्ययन गर्नुभयो खुसिलाग्यो, कृपया सक्दो शेयर गर्नुहोला है..!!

No comments:

Post a Comment