💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕
•••पोथी बिरालोलाई क्वीन भनिन्छ भने पोथी बाँदर लाई के भनिन्छ ?
सुन्दरी
••••••एउटा सुखी परिवार भन्नु नै प्रारम्भिक स्वर्ग हो भन्ने भनाई कसको हो ?
जर्ज बनार्ड शा
शासकीय सुधार कार्यक्रम मा सहयोग पुर्याउनेअन्तराष्ट्रिय निकाय कुन हो ?
एसियाली विकास बैंक
••• सरकार ले मिलेनियम च्यालेन्ज कर्पोरेशन को सहयोग अगाडि बढाउन थालिएको कुन कुन योजना लाई राष्ट्रिय गौरवको योजनाको रुपमा मान्यता दिने निर्णय गरेको हो ?
काठमाडौं को फेदीको लप्सिदेखि धादिङ को रातमाटे प्रसारण लाइन योजना र दमौली बुटवल प्रसारण लाइन योजना
••• राष्ट्रिय मानअधिकार आयोगलाई कहिले देखि संवैधानिक अंगका रुपमा व्यवस्था गरिएको हो?
वि. सं २०६३ माघ १ नेपालको दोस्रो बालमैत्री
••• नगरपालिका का रुपमा घोषित नगरपालिका कुन हो?
पूर्वी नवलपरसी को देवचुली नगरपालिका
••• नेपाल को पहिलो कलेज त्रिचन्द्र कलेज को स्थापना कहिले भएको ?
वि. सं १९७५
••• नेपाल ले श्रम सम्झौता गरेको पहिलो राष्ट्र कुनहो ?
कतार
•••• नेपाल सरकार ले नेपाल - चीन सीमा व्यापार मा परिचय पत्र सम्बन्धी व्यवस्था कहिले देखि लागू गरेको हो?
वि. सं २०६२ पुस १७
•••नेपाल मा सबैभन्दा बढी गुम्बा भएको जिल्ला कुन हो?सोलुखुम्बु
•••नेपालको ताजमहल भनी चिनिने रानी महल कसले बनाएका हुन?
खड्का शमशेर
•••बालबालिका हकहित का लागि परीलक्षित बालअधिकार सम्बन्धी महासन्धि लाई नेपाल ले कहिले अनुमेदन गर्यो ?
वि. सं २०४७ भदौ २९
•••नेपालमा बन्यजन्तु को स्थापना कहिले र कहा गरिएको छ ?
वि.सं २०६३ जेठ १३
•••राणाकालीन समयमा कर्मचारी खुसी पार्न दिने दस्तुरालाई लाई के भनिन्थ्यो?
पानफुल
•••नेपालमा शासकीय सुधार कार्यक्रम मा सहयोग पुर्याउनेअन्तराष्ट्रिय निकाय कुन हो ?
एसियाली विकास बैंक
•••नेपाल को मरुभुमी भन्नाले मुस्ताङ लाई चिनिन्छ भने नेपाल को श्रीलंका भनेर कुन ठाउँ लाई चिनिन्छ?
कोशीटप्पु
•••अपाङ्गता भएका र आर्थिक रुपले विपन्न नागरिकलाई कानुन बमोजिम निशुल्क उच्च शिक्षा पाउने वर्तमान संविधान (२०७२) को कुन धारामा व्यवस्था गरिएको छ?
धारा ३१ (३)
•••हिमाली जिल्ला मध्य सबैभन्दा सानो जिल्ला कुन हो ?
रसुवा
•••प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिने सन्दर्भमा कहिले अमेरिका प्रस्थान गरे?
वि. सं २०७५ असोज ६
•••काठमाडौं उपत्यका को खानेपानी सम्बन्धी व्यवस्थापन को जिम्मा कुन संस्था लाई दिइएको छ?
केयुकेल
•••नेपालमा नागरिक बडापत्र को सुरुवात कहिले देखी भएको हो?
वि. सं २०५६
•••स्थानीय तहमा न्यायिक समिति गठन गर्ने सम्बन्धी व्यवस्था नेपालको संविधान को कुन धारामा व्यवस्था गरिएको छ?
धारा २१७
•••भारत को सुनौली देखि कालीगण्डकी हुँदै कोराला नाकामार्फत चीन जोड्ने मार्ग कालीगण्डकी करिडोर को लम्बाइ कति छ?
४३५ KM
•••विकास का लागि १० वर्षे Priority Investment Plan कुन योजना देखि कार्यान्वन भएको हो ?
नवौ योजना
•••सरकारले लखन थापालाई औपचारिक रूपमा कहिले सहिद घोषणा गर्यो?
वि. सं २०७२ असोज ३
•••माल्दिभस मा सन् २०१८ मा राष्ट्रपतिय निर्वाचन मा विजयी हुने उमेद्वार को हुन?
इब्राहिम महोमाद सोलिह
•••विश्व इतिहास मा शान्ति पूर्ण बौद्धिक अनुसन्धानात्मक आन्दोलन एबं धर्मनिरपेक्ष आन्दोलन का रुपमा चिनिने पुनर्जागरण आन्दोलन कुन देश बाट सुरु भएको थियो?
इटली
•••३५ वर्ष भन्दा कम उमेरका विश्वकै धनी बन्न सफल व्यक्ति को हुन्?
मार्क जुकरबर्ग
•••संयुक्त राष्ट्रसंघीय मानवअधिकार आयोगले नेपाल सम्वन्धी प्राविधिक सहयोग र परामर्श सेवासम्बन्धी पारित गरेको प्रस्तावलाई के भनिन्छ ?
आइटम १९
•••एसियाली पूर्वाधार लगानी बैंक को प्रधान कार्यालय कहाँ छ?
बेइजिङ चीन
•••हाल विश्वकै सबैभ्दा ठुलो विमान स्थल कहाँ छ??
साउदी अरब (किङ फाद इन्टरनेसनल एयरपोर्ट)
•••प्रहरीको अन्तर्राष्टरिय संघठन इन्टरपोल को स्थापना कहिले भयको हो ?
सन् १९२३ सेप्टेम्बर ७
•••संयुक्त रष्ट्रसंघ मा उपमहासचिव को व्यवस्था कहिले देखि गरिएको हो?
सन् १९९८
•••पेट्रोलियम पदार्थ निर्यात गर्ने राष्ट्रको समुह OPEC मा हाल कति राष्ट्र छन् ?
१३
•••अन्तर्राष्ट्रिय न्यायलय मा कतिजना न्यायाधीशरहने व्यवस्था छ?
१५
•••फिफा बर्ष खेलाडी २०१८ को उपाधि जित्ने खेलाडी को हुन?
लुका मोड्रीच
•••ऊ मरी अरे नामक कृति का रचनाकार सुबाश घिसिङ हुन भने ऊ मरेकी छैन नामक कृति का रचनाकार को हुन्?
बालकृष्ण सम
•••संसदीय व्यवस्था मा शून्य समय भन्नाले के बुझिन्छ?
कुनै निश्चित कार्यक्रम तय गरिएको तर सांसदहरु द्वारा देश को जल्दोबल्दो एबं समसामयिक विषमा प्रश्नोत्तर गरी सरकारको ध्यानाकर्षण का लागि तोकिएको समय
•••राष्ट्रिय संरक्षण दिवस को अवसर पारी बन तथा वातावरण मन्त्रालय द्वारा प्रकाशित बाघको तथ्याङ्क अनुसार हाल (सन् २०१८) नेपालमा बाघ को संख्या कति छ?
२३५
•••नेपालमा जेष्ठ नागरिक दिवस कहिले देखि मनाउन सुरु गरिएको हो?
वि. सं २०६२
•••ग्रीन गोल्ड के सग सम्बन्धित छ?
चिया
•••विश्व राष्ट्रिय निकुञ्ज सम्मेलन कति वर्षको अन्तरालमा आयोजना गरिन्छ?
प्रत्येक १० वर्षमा
•••अन्तर्राष्ट्रिय पर्वतारोहण संघद्वारा अन्तराष्ट्रिय पर्वतारोहण उद्यान कहा निर्माणगरिएको छ?
नुवाकोट को ककनी
•••कानूनी राज्यका प्रतिपादक कसलाई मानिन्छ?
ए. भी डायसी
•••पोषण सम्बन्धी अन्तर्राष्ट्रियसम्मेलन सन् २०१८ मा कहा आयोजन गरियो ?
नेपाल ( सन् २०१८ फेब्रअरी २७-२८)
•••स्वास्थ क्षेत्रमा बहुप्रचलित शब्द MRI पुरा रुप के हो?
Magnetic Resonance Imagine
•••राणाकालीन भारतीय पशु नेपालमा चरायबापत भारतले नेपाललाई तिर्नुपर्ने करलाई के भनिन्थ्यो?
कसचरी
•••मनकामना मन्दिरमा कुन जातिका व्यक्ति पुजारी हुने चलन छ?
मगर
•••चिया बगान का श्रमिक लाई बस्नका लागि साहु ले बनाइदिएको घर लाई के भनिन्छ ?
धुरा
•••नेपालमा विज्ञान दिवस कहिले मनाइन्छ ?
असोज १
•••दशैंको घटस्थपना देखि पूर्णिमा सम्म दुर्गाको आरधाना को लागि बजाइने धुन लाई के भनिन्छ?
मालश्री
•••Double Track of Strategy Of Development का कस्तो रणनिती हो?
शान्ति र विकासका लागि एकैसाथ लगानी गर्ने रणनीति
•••राष्ट्रिय कलाश्री सम्मान -२०७४ बाट सम्मानित हुने श्रष्टा को हुन्?
प्रा. डा वासुदेव त्रिपाठी
•••साहित्यकारहामी हाम्रो आज लाई बलिदान गरौं , यसबाट हाम्रो बालबालिका ले सुन्दर भविष्य पाउने छन् भन्ने भनाई कसको हो?
एपिजे अब्दुल कलाम
•••सन् २०१८ सेप्टेम्बर मा बंगलादेश मा सम्पन्न दक्षिण एसियाली फटबल साफ च्यामपियनसिप को उपाधि जित्ने राष्ट्र कुन हो ?
माल्दिभ्स
•••पृथ्वी को उत्तरी धुर्व र दक्षिणी धुर्व जोड्ने अर्धवितृकार काल्पनिक रेखा लाई के भनिन्छ ?
देशान्तर
•••प्रशान्त महासागरमा एल- निनोको प्रभाव बढ्दा नेपालको मनसुन मा कस्तो असर पर्दछ?
मनसुन कमजोर भई न्यून वर्षा हुने
•••CERID को पूरा रूप के हो ?
Research Center for Educational Innovation and Development
•••मिसेस नेपाल इन्टरनेशनल २०१८ को उपाधी जित्ने सुन्दरी को हुन्?
सर्लाही की चन्दा थापा गिरी
•••विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदन २०१८ अनुसार नेपाल कतिऔ स्थानमा छ?
१०२ औं स्थान
••• पृथ्वी को सतहको एकाइ क्षेत्रफलमा पर्ने हावाको चापलाई के भनिन्छ?
वायुमण्डलीय चाप
••• वि. सं २०७५ भदौ २९ मा मनाइएको बाल दिवसको नारा के थियो ?
सुखी नेपाली समृद्ध नेपाल, बाल अधिकार सबैको सरोका
No comments:
Post a Comment