Thursday, November 15, 2018

पृथ्वीभन्दा तीन गुणा ठूलो ‘सुपर अर्थ’ भेटियाे


एजेन्सी । वैज्ञानिकहरुले पृथ्वीभन्दा तीन गुणा ठूलो ‘सुपर अर्थ’ नामको ग्रह पत्ता लगाएका छन् । २० वर्षको सुक्ष्म अध्ययन, सात सय ७१ पटकको परीक्षण र सातवटा अत्याधुनिक उपकरणहरुको सहयोगबाट पत्ता लागेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।

सुर्यबाट नजिकको तारा बनार्ड परिक्रमा गर्ने उक्त ग्रह ६ प्रकाश वर्ष टाढा रहेको वैज्ञानिकहरुको दाबी रहेको छ । यो ग्रहको सतहको तापक्रम सौर्यमण्डमा रहेको ग्रह शनिभन्दा चिसो रहेको वैज्ञानिकहरुले अनुमान गरेका छन् । अनुमानित तापक्रम माइनस दुई सय ७४ फरेनहाइट रहेकोे छ । यसको सतहमा बरफको मरुभुमि रहेको र तरल पानी नरहेको वैज्ञानिकहरुले विश्वास गरेका छन् ।

टेलिस्कोपबाट हेर्दा अन्तरिक्षमा यो ग्रह अरु तारा भन्दा छिटो हिँडेको देखिन्छ किनकी यो सुर्यभन्दा अधिक गतिमा हिँड्छ । यो ग्रह बनार्ड स्टारलाई परिक्रमा गर्ने परिधि र बुधले सुर्यलाई परिक्रमा गर्ने परिधि समान रहेको दाबी गरिएको छ, जुन दुई सय ३३ दिन हुन जान्छ ।

No comments:

Post a Comment