आयोगले दरखास्त आह्वान गरेको तीन सय ७५ पदका लागि प्रतिस्पर्धीको संख्या ४५ सय हुुँदा एक पदका लागि खास प्रतिस्पर्धी १२ जना मात्र हुुने देखिन्छ।
लोकसेवा आयोगले हरेक वर्ष निजामती सेवामा आवश्यक जनशक्ति व्यवस्थापनका लागि दरखास्त आह्वान गर्छ। राजपत्रांकित तृतीय श्रेणी, शाखा अधिकृत पदका लागि आयोगले चारवटा पत्रको परीक्षा (परराष्ट्र सेवाका लागि थप दुई पत्र) सञ्चालन गर्ने गर्छ। निजामती सेवामा प्रवेश गर्ने प्रक्रिया लामो भएको र पाठ्यक्रम बृहत् भएकाले यो परीक्षालाई कतिपयले हाउगुुजीको रूपमा लिने गरेको पनि पाइन्छ।
निजामती सेवाप्रति युुवाहरू आकर्षित हुँदाहुँदै पनि प्रतिस्पर्धा गर्न डराएको देखिन्छ। कसैकसैमा सरकारी जागिर खान सोर्सफोर्स आवश्यक हुुन्छ भन्ने मानसिकता रहेको पाइन्छ। यसले इच्छुुक विद्यार्थीलाई समेत नकारात्मक प्रभाव पार्ने गर्छ।
नाम निकाल्न गाह्रै छ त ?
लोकसेवा आयोगको परीक्षालाई तुुलनात्मक रूपमा सजिलो छ भन्न मिल्दैन। तर, धेरै युवाले सोचेजस्तो, हल्ला गरिएजस्तो गाह्रो पनि छैन। निरन्तर मेहनत गर्ने हो भने निजामती सेवा प्रवेशमा कठिनाइ देखिँदैन।
प्रतिस्पर्धी संख्याका आधारमा यसलाई कठिन भनेर हल्ला चलाइएको छ। तर, वास्तविकता त्यसो होेइन। हजारौंले लोकसेवा आयोगको दरखास्त फारम भरे पनि वास्तविक प्रतिस्पर्धी कम हुन्छन्। गत वर्ष करिब २४ हजारले दरखास्त फारम भरे पनि प्रथम पत्रको परीक्षापछि प्रतिस्पर्धीको संख्या घटेर करिब ४५ सय भएको थियो।
आयोगले दरखास्त आह्वान गरेको तीन सय ७५ पदका लागि प्रतिस्पर्धीको संख्या ४५ सय हुुँदा एक पदका लागि खास प्रतिस्पर्धी १२ जना मात्र हुुने देखिन्छ। यो ठूलो प्रतिस्पर्धा हुुँदै होइन। त्यसैले फारम भर्नेको भीड हेरेकै भरमा कठिन भन्न मिल्दैन।
मेरो अनुभवमा लोकसेवा आयोगको परीक्षा दिन रुचाउनेले यसको पाठ्यक्रमलाई विस्तृत रूपमा बुझ्न जरुरी छ। सबै पत्र (प्रथम, द्वितीय, तृतीय र चौथो)का सम्बन्धित पाठ्यक्रमबारे विस्तृत अध्ययन गरी परीक्षा पक्रिया र मूूल्यांकनबारे बुझ्न आवश्यक छ। लामो पक्रिया भएकाले धैर्यसाथ मेहनत गर्न सक्नेलाई मात्र सजिलो हुन्छ।
पाठ्यक्रमको विस्तृत जानकारी लिएपछि आफ्नो सबल पक्ष पत्ता लगाएर सोहीअनुरूप रणनीतिक रूपमा सबै पत्रको सन्तुलित तयारी गर्नुपर्छ। सबै पत्रको उत्तिकै महत्व हुुने हुँदा हरेकको पाठ्यक्रमअनुसार तयारी गर्न आवश्यक पर्छ। साथै परीक्षा राम्रो गर्न विषयगत दोस्रो र तेस्रो पत्रका उत्तरमा मौलिकता आवश्यक पर्छ।
यसरी परीक्षाको तयारी गर्दा अध्ययनका सामग्री महत्वपूूर्ण हुुन्छन्। बजारमा विभिन्न संस्थाले परीक्षा तयारी कक्षा सञ्चालन गर्दै आएका छन्। साथै बजारमा नेपाली तथा अंग्रेजी दुवै माध्यमबाट तयारी गर्न प्रशस्त किताब तथा लेख पनि पाइन्छन्। धेरैजसो अंगे्रजी माध्यमबाट पढेका विद्यार्थीले अध्ययन सामग्री जुटाउन झन्झट मानेर पनि यसबाट पछि हट्ने गरेको पाइन्छ।
तर, इन्टरनेटबाट सजिलैसँग अध्ययन सामग्री संकलन गर्न सकिन्छ। दैनिक पत्रपत्रिका पढ्ने, विश्व राजनीतिमा चासो राख्ने विद्यार्थीलाई यो ठूलो चुनौती पनि होइन। प्रशस्त अध्ययन सामग्री प्राप्त हुने भएकाले के पढ्ने, कस्तो सूूचनालाई आधिकारिक मान्ने भन्ने विषयमा भने परीक्षार्थी आफैं चनाखो हुन आवश्यक छ।
यसरी हेर्दा मेहनती विद्यार्थीलाई लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गर्न खासै गाह्रो हुँदैन। इच्छाशक्ति र मेहनत भने आवश्यक देखिन्छ। तपाईंलाई कुनै कुराले चुनौती दिँदैन भने त्यसले तपाईंलाई परिवर्तन पनि गर्दैन। त्यसैले चुनौतीलाई अवसरका रूपमा परिणत गर्नुुपर्छ। यो सजिलो नभए पनि अवश्य गाह्रो हँुदैन।
संवैधानिक संस्थाका रूपमा रहेको आयोग निष्पक्ष परीक्षा प्रणालीकै आधारमा आफ्नो साख जोगाइराख्न सफल भएको छ। परीक्षा योग्यता, निष्पक्षता र तटस्थतामा आधारित हुने हुँदा आमपरीक्षार्थीमा क्रमशः सकारात्मक सन्देश गएको पाइन्छ।
लोकसेवा आयोगको परीक्षालाई चुनौती र अवसरका रूपमा सँगसँगै लिएर गरिएको निरन्तर तयारी र आफूलाई बौद्धिक बनाउने प्रक्रियाका रूपमा लिएमा सफलता हात पार्न गाह्रो दखिँदैन।
(दाहाल गत वर्ष आयोगको परीक्षाबाट शाखा अधिकृत उत्तीर्ण भएकी हुन्।)
No comments:
Post a Comment