जैविक बिबिधता भनेको के हो ? यसको महत्त्व,यसमा ह्रास आउने कारण लेख्दै संरक्षण गर्ने उपायहरु लेख्नुहोस ।(२+२+३+३)
उत्तर:-
✏जैविक बिबिधता:-
✔पृथ्वीमा रहेको प्राणी र बनस्पतिहरुको भिन्नता,संख्या,प्रजाती र तिनिहरुबिचको समायोजनलाई जैविक बिबिधता भनिन्छ,
✔यसले प्राकृतिक प्रक्रियामा सन्तुलन कायम राखी पृथ्वीलाई दिगो र जिबन्त बनाइराख्न मदत गर्दछ,जैविक बिबिधता बासस्थान,भूगोल र मौसम अनुसार फरक फरक हुन्छ र यो मुख्य तीन प्रकारको रहेको हुन्छ,
१)बंशाणुगत बिबिधता
२)प्रजातिय बिबिधता
३)पारिस्थितिक प्रणालीको बिबिधता
✏जैविक बिबिधताको महत्त्व:-
✔प्राणी बनस्पति र जिवहरुको अस्तित्व जोगाउन,
✔बातावरणिय संतुलन कायम गर्न,
✔कृषिजन्य,बनजन्य र पशुजन्य उत्पादन बढाउन,
✔प्राकृतिक सौन्दर्यता बढाउन,
✔पर्यटन बिकास गर्न,
✔माटोको उर्वरा शक्ति ह्रास हुन नदिन,
✔बंशाणुमा सुधार ल्याउन,
✔वातावरणिय अध्यन अनुसन्धानमा सहयोग गर्न,
✔बाढी,पहिरो ,भुक्षय आदिको असरलाई न्यूनीकरण गर्न,
✏जैविक बिबिधतामा ह्रास आउने कारणहरु:-
✔तीब्र जनसंख्या वृद्धि र अव्यवस्थित सहरीकरण,
✔अत्याधिक रासायनिक मल र किटनासक औषधिको प्रयोग
✔बन बिनास र अतिक्रमण,
✔जलबायु परिवर्तन र तापक्रममा अत्याधिक वृद्धि,
✔प्राकृतिक श्रोत सम्पदाको अत्याधिक प्रयोग वा दोहन,
बढ्दो प्रदुषण,
✔दुर्लभ बन्यजन्तुको चोरी र सिकार,
✔प्राकृतिक प्रकोप: बाढी पहिरो भुक्मप भुक्षय आगलागी
✔जनचेतनाको कमि र नितिहरुको कमजोर कार्यान्वयन,
✏जैविक बिबिधता संरक्षण गर्ने उपायहरु:-
✔तिब्र जनसंख्या वृद्धि नियन्त्रण र बसाइसराइ तथा सहरीकरणलाई ब्यवस्थित गराउने,
✔जैबिक बिबिधताको प्रवर्द्धन गर्न रासायनिक मल र किटनासक औषधिमा रोक लगाउने,
✔बन बिनास र अतिक्रमण नियन्त्रणका साथै निजि तथा सामुदायिक क्षेत्रमा बनलगाउन प्रोत्साहन गर्ने,
✔प्राकृतिक श्रोत र सम्पदाको सदुपयोग र र संरक्षण गर्ने,
✔बाताबरणमैत्री बिकास र बिधिहरुको प्रयोग गर्ने,
✔जिवजन्तुको बासस्थान र चरन स्थानलाई सुरक्षित राख्ने,
✔दुर्लभ बन्यजन्तुको चोरी र सिकार नियन्त्रण गर्ने,
✔फोहोर मैलाको उचित ब्यवस्थापन गर्ने,
✔वातावरणमैत्री उधोग र कलकारखानाको स्थापना गर्ने,
✔वातावरण संरक्षण र जैविक बिबिधता संरक्षण सम्बन्धि ऎन,कानुनको प्रभावकारी कार्यान्वयन गर्ने,
✔जैविक बिबिधता ह्रास बाट पर्न सक्ने असरबारे जनचेतना जगाउने,
💛©-प्रकाश अधिकारी💛
खोजेको बेला...सहजै भेटाउन सेयर गर्न नभुल्नु होला..!!
No comments:
Post a Comment