Friday, July 27, 2018

केहि_स्वास्थ्यसम्बन्धि_महत्वपुर्ण_जानकारीहरु

✿#केहि_स्वास्थ्यसम्बन्धि_महत्वपुर्ण_जानकारीहरु
💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕
✫डेंगु रोग एडिज एजेप्टाई नामक लामखुट्टेको टोकाइबाट सर्ने गर्छ।

✫नेपालमा यो रोगको आधिकारीक जानकारी सन् २००६ देखि भएको हो  ।

✫दादरा रोगको विषाणु सन् १९५४ पत्ता लागेको हो।

✫क्षयरोगको जिवाणु सर्वप्रथम रोबर्ट कोच (सन् १८८२) ले पत्ता लगाएका हुन् ।

✫एड्स रोग सर्वप्रथम सन् १९८९ (अमेरिका) पत्ता लागेको हो ।

✫एदस रोगको उत्पति मध्य अफ्रिका बाट भएको मानिन्छ।

✫हेपाटाइटिस बी कलेजोमा संक्रमण हुने रोग हो।

✫नेपालमा क्षयरोग नियन्त्रणका लागि DOTS विधिको सुरुवात वि. सं. २०४४ (सन् १९९६) देखि गरिएको हो।

✫खानामा फलाम तत्वको कमी भएमा रक्त अल्पता रोग लाग्छ।

✫मानिसको मुट फैलने र खुम्बने क्रियालाई सञ्चालन गर्न कृत्रिम रुपमा जडान गरिने यन्त्रलाई Pece Maker भनिन्छ।

✫स्वस्थ मानिसको मुटुको धडकन प्रतिमिनेट ६०-८० हुन्छ।

✫स्वस्थ वयस्क व्यक्तिको रक्तचाप 12t/80 mm of Hg हुनु पर्छ।

✫स्वस्थ मानिसले एक मिनेटमा सामान्यतया १४ देखि १८ पटक श्वास फेर्दछ।

✫स्वस्थ वयस्क मानिसको शरीरको तापक्रम ९८.६ °F हुन्छ।

✫स्वस्थ वयस्क मानिसको नाडीको गति सामान्यतया प्रति मिनेट ७२ पटक हन पर्दछ।

✫अक्सिजनको मात्रा कमी भएमा मानिसको शरीरमा निलोपना (Cyanosis) देखिन्छ।

✫नेपाललाई-वि. सं. २०३४ वैशाख १ बिफरमुक्त देश घोषणा गरियो।

✫नेपालका लागू औषध नियन्त्रण ऐन वि. सं. २०३३ देखि लागू भयो।

✫नेपाल रेडक्रस सोसाइटीको स्थापना वि. सं. २०२० भएको हो।

✫रगतको नृप बिभाजन सम्बन्धि खोज गर्ने वैज्ञानिक कार्ल लेण्ड स्टिनर को हुन् ।

✫नेपाल परिवार नियोजन संघको स्थापना वि. सं. २०१६ भएको थियो।

✫नेपालमा पोषण कार्यक्रम वि. सं. २०३७ देखि लागू भएको हो ।

✫नेपालमा पहिलो पटक सफलतापूर्वक मृगौला प्रत्यारोपण वि सं २०६५ गरियो।

✫नेपालमा औपचारिक रूपमा गर्भपतन सेवाको प्रारम्भ वि. सं. २०६० चैत्र ५ गते देखि गरिएको हो ।

✫शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र वि. सं. २०५३ असार १५ देखि सञ्चालनमा आएको हो ।

✫विश्व स्वास्थ्य दिवस अप्रिल ७ मनाइन्छ ।

✫सौर्य किरणबाट उपचार गरिने विधिलाई हेलियोथेरापी भनिन्छ ।

✫आँखा दान गर्दा कोर्निया भाग पुनः प्रयोगमा आउँछ।

✫मानव शरीरको सबैभन्दा सानो हाड कानमा (Stapes) हुन्छ।

✫विश्वको पहिलो एण्टिबायोटिक औषधि  Penicilin हो।

✫मानव शरीरको सबैभन्दा ठूलो हाड तिघ्रामा हुन्छ।

✫सबैभन्दा बढी रोग सार्ने जीव झिगा हो।

✫इलुएन्जा रोगलाई अन्तर्राष्ट्रिय रोग भनी चिनिन्छ।

✫मानव शरीरको अस्थिपञ्जर प्रणाली २०६ वटा हाडहरू मिलेर बनेको हुन्छ ।

✫भिटामिन ए को रासायनिक नाम रेटिनल हो।

✫ MMR खोप दादुरा (Measles)हाँडे Mumps) र रुबेला (Rubella) रोगबाट बचावट गर्नका लागि दिइन्छ।

✫Antipyretic भन्नाले ज्वरो कम गर्ने औषधिलाई बुझाउँछ ।
✫खेलाडीहरुले नशालु औषधि सेवन गरे नगरेको पत्ता लगाउन गरिने परीक्षणलाई डोपिड टेष्ट भनिन्छ।

✫मानिसको शरीरमा ६६ प्रतिशत प्रतिशत पानी हुन्छ।

✫वि.पी.स्मृति क्यान्सर अस्पताल चीनको सहयोगमा निर्माण भएको हो ।
Loksewa tayari

Monday, July 16, 2018

नेपालमा मौलिक हकको व्यवस्था र कार्यान्वयनका चुनौतीहरू के के हुन ? को उत्तर हो

परिचय
राज्यको संविधानले किटान गरेका मानवअधिकारसँग सम्बन्धित विषयहरू नै मौलिक हक हुन् । राज्यको स्वेच्छाचारी शक्तिबाट व्यक्ति वा नागरिकका अधिकारहरू अतिक्रमण हुन नसकुन् भनि मौलिक हकलाई संवैधानिकरूपमै सुनिश्चितता प्रदान गरिएको हुन्छ । कुनै कारणबाट मौलिक हकको हनन भएमा संविधानले नै उपचारको व्यवस्था गर्ने हुँदा यस्ता हकहरू नागरिकलाई राज्यविरुद्ध प्राप्त हुने निरपेक्ष अधिकारको रूपमा रहेका हुन्छन् । प्रजातन्त्रको असली मेरुदन्डको रूपमा रहने मौलिकहरू राज्यको शासन प्रणालीमा पनि भर पर्छन् । मानवअधिकारको पहिलो पुस्ताअन्तर्गत पर्ने नागरिक तथा राजनीतिक अधिकार मात्र नभएर दोस्रो पुस्ताका आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार र तेस्रो पुस्ताका अधिकारहरू (जो न्यायिक सक्रियताको माध्यमबाट सार्वजनिक सरोकारका विवादमा मान्यता स्थापित भएका हुन्छन्) लाई समेत मौलिक हकको दायराभित्र समेटिएको पाइन्छ ।
नागरिक तथा राजनीतिक अधिकारहरू, जस्तै: वैयक्तिक स्वतन्त्रताको अधिकार, जीवनको अधिकार, यातना विरुद्धको अधिकार, दासत्व विरुद्धको अधिकार, फौजदारी न्यायको अधिकार, बालिग मताधिकारको अधिकार, शान्तिपूर्वक भेला हुन पाउने अधिकार लगायतका अधिकारलाई कुनै पनि प्रजातान्त्रिक देशले विनाशर्त नागरिकलाई प्रत्याभूत गर्छन् भने सामाजिक, आर्थिक तथा सांस्कृतिकलगायत अन्य अधिकारहरू, जस्तै: शिक्षा, स्वास्थ्य तथा रोजगारीको अधिकार, सामाजिक न्यायको अधिकार, स्वच्छ वातावरणको अधिकार, श्रमको अधिकार ईत्यादि लाई राज्यको क्षमताको आधारमा नागरिकलाई प्रदान गरिन्छ ।
मौलिक हक कार्यान्वयन योग्य हुन्छन् र हुनुपर्छ पनि । यदि राज्यले नागरिकहरूलाई प्रदान गरेका मौलिक हकको कार्यान्वयन गर्न सकेन भने राज्यविरुद्ध कुनै पनि नागरिकले अदालतमा प्रश्न उठाउन सक्छ र अदालतले रिट क्षेत्राधिकारको माध्यमबाट मौलिक हक कार्यान्वयन गराउँछ । तसर्थ, राज्यले नागरिकहरूलाई उपलब्ध गराउन सक्ने सम्मका अधिकारलाई मौलिक हकको दायरामा समावेश गरिन्छन् । त्यस्तै तत्काल पूरा गर्न असम्भव हुने अधिकारहरूलाई राज्यको नीति निर्देशक सिद्धान्तहरूमा उल्लेख गरिन्छ । राज्यका नीति निर्देशक सिद्धान्तहरू सापेक्ष हुने र राज्यले आफ्नो क्षमता अनुसार नागरिकलाई उपलब्ध गराउँदै जाने हुँदा मौलिक हक जस्तो कठोर र नकारात्मक हुँदैनन् । अर्थात् नीति निर्देशक सिद्धान्तको पालना भए/नभएको सम्बन्धमा अदालतमा राज्यविरुद्ध प्रश्न उठाउन सकिँदैन । त्यसैले मौलिक हकलाई राज्यले कुरा गर्न होइन कि पूरा गर्नको लागि आत्मसात गरेको हुन्छ । नागरिकका आधारभूत अधिकारहरूको संरक्षण मौलिक हकमार्फत् राज्यले गर्ने हुँदा मौलिक हकलाई संविधानको उपभोग्य अधिकारको रूपमा लिइन्छ । जति धेरै अधिकारको उपभोग बढ्दै जान्छ, प्रजातन्त्र त्यति नै संस्थागत हुँदै जाने र मानवअधिकार सुदृढ हुँदै जाने हुँदा मौलिक हकको कार्यान्वयनलाई प्रजातन्त्रको विकास र मानव अधिकारको सुनिश्चिततासँग पनि जोडेर हेरिन्छ ।
नेपालको संविधानमा मौलिक हक
नेपालको वर्तमान संविधानले मौलिक हकको दायरालाई अत्यन्त फराकिलो बनाएको छ । संविधानको धारा १६ देखि ४६ सम्म ३१ मौलिक हकको व्यवस्था गरेको छ । यति धेरै मौलिक हकको व्यवस्था गर्ने नेपालको वर्तमान संविधान संवैधानिक इतिहासमै पहिलो संविधान हो । राजनीतिक तथा नागरिक अधिकारको अलवा सामाजिक, आर्थिक तथा सांस्कृतिक अधिकार र न्यायिक सक्रियताको आधारमा सार्वजनिक सरोकारको विवादमा मान्यता स्थापित भएका मानव अधिकारका तेस्रो पुस्ताका अधिकार, जस्तै: स्वच्छ वातावरणमा बाँच्न पाउने हक (धारा ३०) लाई समेत मौलिक हक भित्र समेटिनुले विषयवस्तुका दृष्टिकोणले नेपालको वर्तमान संविधान मौलिक हकको सन्दर्भमा निकै अग्रगामी देखिन्छ ।
संविधानको धारा ४६ ले मौलिक हकउपर अनुचित बन्देज लगाएमा वा मौलिक हक प्राप्त हुन नसकेमा संवैधानिक उपचार प्राप्त गर्ने हक प्रदान गरेको छ । धारा १३३ र १४४ बमोजिम मौलिक हक प्रचलन गराउने अन्तिम अधिकार सर्वोच्च अदालत र उच्च अदालतलाई प्रदान गरी नागरिकका मौलिक हकलाई अहरणीय बनाइएको छ । तर, धारा ४७ मा मौलिक हकको कार्यन्वयनको लागि आवश्यकता अनुसार राज्यले संविधान प्रारम्भ भएको तीन वर्षभित्र कानुनी व्यवस्था गर्नेछ भन्ने व्यवस्थाले मौलिक हकलाई यसको मूल मर्म र सिद्धान्तविपरित नियन्त्रणमुखी बनाउन खोजिएको देखिन्छ । त्यस्तै संविधानले प्रत्याभूत गरेका सामाजिक, आर्थिक तथा सांस्कृतिक अधिकार, जस्तै: शिक्षा, स्वास्थ्य तथा रोजगारीको हक, आवासको हक, स्वच्छ वातावरणको हक, उपभोक्ताको हक, सामाजिक न्यायको हकलगायत कार्यान्वयनमा राज्यको आर्थिक अवस्था, सामथ्र्य तथा क्षमतामा समेत भरपर्ने हुँदा तत्काल कानुन बनाएर पनि लागू गराउन सक्ने अवस्था देखिँदैन । त्यसैले यस्ता हकहरू कागजमै सीमित हुने संविधानका आभूषण मात्र हुने हुन् की भन्ने आशंका उब्जिएको पाइन्छ ।
मौलिक हक कार्यान्वयन सम्बन्धी कानुन बनाउन किन ढिलाई ?
संवैधानिक व्यवस्था अनुरूप नै आगामी असोज ३ गते भित्र मौलिक हक कार्यान्वयन सम्बन्धि सबै कानुन बनाइसक्नु पर्नेछ । कानुन बनाउने समय सीमा घर्किँदै जाँदा पनि सरकारले अझै मौलिक हकसम्बन्धि तमाम विधेयक संसदमा पेश गर्न सकेको अवस्था छैन । संविधानले व्यवस्था गरेका कतिपय मौलिक हकको कार्यान्वयन मौजुदा कानुनबाटै हक प्रचलन गराउन सम्भव छ । संविधानले प्रत्याभूत गरेका सम्मानपूर्वक बाँच्न पाउने हक, स्वतन्त्रताको हक, न्याय सम्बन्धि हक, यातना विरुद्धको हक, धार्मिक स्वतन्त्रताको हक, शोषण विरुद्धको हकलगायत कतिपय हकको प्रचलन आगामी भदौ १ गतेदेखि लागू हुने मुलुकी अपराध तथा देवानी संहिताबाट हुन सक्ने देखिन्छ । त्यस्तै श्रमसम्बन्धि हकको कार्यान्वयन श्रम ऐन, २०७४ बाटै हुने देखिन्छ ।
सम्पत्ति सम्बन्धि हकको प्रचलनका लागि मुलुकी देवानी संहिता, प्रतिलिपि अधिकार ऐन, पेटेन्ट डिजाइन र ट्रेडमार्कसम्बन्धि ऐन, जग्गा प्राप्ति ऐन र भूमिसम्बन्धि ऐन प्रचलनमा छन् । त्यस्तै, सूचनाको हकसम्बन्धि ऐन, २०६४ ले सूचनाको हकको कार्यान्यवयन गर्न सक्ने देखिन्छ । यीबाहेक कतिपय मौलिक हकको कार्यान्वयनका लागि मौजुदा कानुनमा समसामयिक सुधार गर्नुपर्ने देखिन्छ । त्यस्तै अन्य कतिपय हक, जस्तै: स्वच्छ वातारणमा बाँच्न पाउने हक, शिक्षासम्बन्धि हक, स्वास्थ्यसम्बन्धि हक, खाद्यान्नसम्बन्धि हक, रोजगारीको हक, सामाजिक सुरक्षाको हक, अपराध पीडितको हकलगायत एक दर्जनभन्दा बढी विषयमा कानुन बनाउनुपर्ने अवस्था छ । तर, सरकारले कानुन बनाउन गरेको ढिलाइले संवैधानिक मूल मर्ममै प्रहार गरेको देखिन्छ । संवैधानिक मान्यतालाई स्थापित गराई जनताका आधारभूत अधिकारहरूको संरक्षणका लागि अब सरकारले मौलिक हकसम्बन्धि कानुन बनाउन अनावश्यक ढिलाइ गर्नु हुँदैन । यदि असोज ३ सम्म पनि कानुन बनाउन नसक्ने हो भने तमाम मौलिक हक संकटमा पर्ने देखिन्छ ।
कानुनले प्रत्याभूत गर्दैमा सबै हक जनताले प्राप्त गर्न सक्छन् ?
मौलिक हकहरू राज्यविरुद्ध प्राप्त हुने हकहरू हुन् । यस्ता हक नागरिककले प्राप्त गर्न नसकेमा नागरिकहरू अदालतमा गई संवैधानिक उपचार प्राप्त गर्ने हैसियत राख्छन् । यससम्बन्धि व्यवस्थालाई संविधानको धारा ४६ ले प्रष्ट पारेको छ । संविधानले आत्मसात गरेका नागरिक तथा राजनीतिक अधिकारसँग सम्बन्धित हकहरू सजिलै प्राप्त हुन सक्ने अवस्था रहेता पनि आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धि हकहरू कानुन निर्माणपश्चात पनि प्राप्त हुन्छन् भन्ने कुनै ग्यारेन्टी देखिँदैन । वर्तमान स्थितिमा नेपालको आर्थिक अवस्था, क्षमता र सामथ्र्य अनुसार पनि अहिलेकै स्थितिमा राज्यले नागरिकलाई सबै हकको प्रत्याभूति गर्न सक्ने स्थिति देखिँदैन । उदाहरणको लागि संविधानको धारा ३३ ले प्रत्येक नागरिकलाई रोजगारीको हक हुने र रोजगारीको शर्त, अवस्था र बेरोजगार सहायता संघीय कानुनबमोजिम हुने तथा प्रत्येक नागरिकलाई रोजगारीको छनोट गर्न पाउने प्रत्याभूति गरेको छ । यस व्यवस्था अनुसार अब असोज ३ पछि कोही पनि नागरिक बेरोजगार हुनुपर्ने छैन र यदि बेरोजगार भइहालेको खन्डमा बेरोजगार भत्ता पाउने छन् । यद्यपि नेपालको वर्तमान अवस्था अनुसार सबैलाई रोजगारी दिन सक्ने अवस्था रहदैन ।
रोजगारीको अवसरको अभावमा दैनिक करिव दुई हजार युवा विदेश जानुपर्ने स्थितिमा राज्यले कानुनी व्यवस्थामार्फत् अब देशभित्रै कसरी सबै नागरिकलाई छनोट सहितको रोजगारी प्रदान गर्न सक्ला ? यसका लागी के–के मापदन्ड बनाउला ? देशको आर्थिक अवस्था, क्षमता र स्रोत साधनलाई कसरी परिचालन गर्न सक्ला ? मननीय विषय देखिन्छ । त्यस्तै, धारा ३० मा प्रत्येक नागरिकलाई स्वच्छ र स्वास्थ्य वातावरणमा बाँच्न पाउने हकलाई मौलिक हककै रूपमा उल्लेख गरेको छ । तर, काठमाडौंलगायत सहरी क्षेत्रमा दिनप्रतिदिन बढ्दै गइरहेको धुलो, धुँवा र प्रदूषणले सो हकलाई केबल आभूषणको रूपमा कागजको पानामा सीमित गरेको छ । कानुनी व्यवस्था गरेर मात्र स्वच्छ वातावरणमा बाँच्न पाउने नागरिकको हक प्राप्त हुन सक्दैन । यसको लागि व्यावहारिक रूपमै वातावरणलाई स्वच्छ र हरावरा तथा प्रदूषणरहित बनाउनुपर्छ । कानुनी व्यवस्था मात्र नगरेर नागरिकमा सचेतना अभिवृद्धि पनि गर्नुपर्छ । त्यस्तै, धारा ३५ ले स्वास्थ्य सम्बन्धि हकको व्यवस्था गर्दै प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हुने र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगरिने व्यवस्था गरेको छ ।
वर्तमान स्थितिमा सिटामोल पनि खान नपाएर जीवन त्याग गर्नुपर्ने अवस्थामा नागरिकहरू पिल्सिएका छन् । झाडापखाला तथा हैजाको कारण वर्षेनी सयौं मानिसहरूको ज्यान गइरहेको छ । बढ्दो राजनीतिकरण, व्यापारीकरण र माफियाकरणले नेपालको स्वास्थ्य क्षेत्र दिनप्रतिदिन खस्किँदै गइरहेको छ । यस्तो स्थितिमा नागरिकको स्वस्थ्यसम्बन्धि मौलिक हकको कार्यान्वयन कसरी हुन सक्ला ? वर्तमान संविधानको धारा ४४ ले उपभोक्ताको हकको व्यवस्था गर्दै प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने हक हुने र गुणस्तरहीन वस्तु वा सेवाबाट क्षति पुगेको व्यक्तिलाई कानुनबमोजिम क्षतिपूर्ति पाउने उल्लेख गरिएको छ । यो हकको कार्यान्वयनका लागि मौजुदा रूपमै उपभोक्ता अधिकारसम्बन्धि ऐन, २०५४ छ । तर, ऐनले गरेका व्यवस्थाहरू यथोचित रूपमा कार्यान्वयन हुन सकेको अवस्था छैन । उपभोक्ताहरू दिनहुँ गुणस्तरहिन र मिसावटयुक्त खाद्य वस्तुको उपभोग गर्न बाध्य छन् ।
तरकारीमा प्रयोग भइरहेको बढ्दो रासायनिक औषधि तथा दुध, पानीलगायत खाद्यवस्तुमा भइरहेको मिसावटले उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलबाड गरेको छ । मौजुदा ऐन हुँदाहुँदै पनि राम्रोसँग कार्यान्वयन हुन नसक्नुले ऐनले व्यवस्था गर्दैमा मौलिक हक प्रत्याभूत हँदैनन् भन्ने कुरा पुष्टि गर्न सकिन्छ । यीलगायत कतिपय अधिकारहरू जो मौलिक हकको रूपमा संविधानमा व्यवस्था गरिएका छन्, सबैलाई कानुनी व्यवस्था गरेर समेत हुबहु लागू गर्न नेपालको क्षमता, आर्थिक अवस्था, सामथ्र्य र स्रोत साधनको कारणले पनि कठिन देखिन्छ । राज्यले जति सक्छ र आफ्नो जति क्षमता छ, त्यति विषयहरूलाई मात्र मौलिक हकको रूपमा व्यवस्था गर्नुपर्ने हो । क्षमता विना गरेको व्यवस्थाले मौलिक हकको दायरा फराकिलो भए पनि कार्यान्वयन पक्ष कमजोर भई मौलिक हकको औचित्यमाथि नै प्रश्न खडा हुने स्थिति आउन सक्छ ।
अन्त्यमा, मौलिक हकको कार्यान्वयनका लागि सरकारको पहिलो दायित्व भनेको मौलिक हकसँग सम्बन्धित रहेका कानुनहरू संवैधानिक प्रतिबद्धता अनुरूप आगामी असोज ३ भित्र निर्माण गर्नु हो । कानुन निर्माण भएर लागू हुँदैमा नागरिकका सबै अधिकारहरू सजिलै प्राप्त हुन सक्ने अवस्था पनि नरहने हुँदा सरकारको अर्को महत्वपूर्ण दायित्व भनेको आफ्नो क्षमता तथा आर्थिक स्थितिमा समेत तीव्ररूपमा सुधार गर्नु हो । भएका स्रोत साधनको सही रूपमा परिचालन गरी नागरिकका संवैधानिक अधिकारको प्रत्याभूत गर्ने दिशामा राज्यको ध्यान केन्द्रित हुनुपर्ने देखिन्छ । मौलिक हक मानव अधिकारकै विषयहरू हुन् । सरकारको स्वेच्छाचारिता नियन्त्रण गर्दै जनताको स्वतन्त्रतालाई अझ बढी संस्थागत गर्न मौलिक हकको व्यवस्था गरिने भएकाले राज्यले नागरिकका सम्पूर्ण अधिकारको सम्मान गर्दै उदाहरणीय प्रजातान्त्रिक राज्यको रूपमा स्थापित हुनु आजको आवश्यकता हो ।
असार २९ गते, २०७५ - १०ः०९ प्रकाशित

Friday, July 13, 2018

विज्ञान सँग संबन्धित

भोलि विज्ञान सँग संबन्धित सोधिन सकिने संवाभित प्रश्नहरु;
1.पानी मा ध्वनिको वेग कति हिन्छ?-1498 m/s
2.कुन विरुवाको जीवन चक्रमा अल्टरनेशन अफ जेनेरेसन देखा पर्छ- उनिउ
3.प्रकासको कारणले विरुवाले देखाउने चाललाइ--phototropism
4.ग्रेगर जोन मेण्डलको जन्म-सन 1822
5.IVF =test tube baby सग संबन्धित छ
6.फुलको क्यालिक्स भन्दा भित्रको भागलाइ-कोरोला भनिन्छ
7.F=MA न्युटनको दोश्रो नियम संग संबन्धित छ
8.परमाणु को व्यास कति हुन्छ?-- 10*-10
9.हावाको माध्यममा प्रकासको वेग=3×10*8m/s
10.काचमा प्रकाशको वेग= 2×10*8m/s
11.मोम्मेटम परिवर्तन को दरलाइ =वल भनिन्छ
12.ब्रह्माण्ड को अनुमानित व्यास=10*25 m
13.गुरुत्व आकर्षक को नियम न्युटनले कहिले प्रतिपादित गरेका थिय?=सन 1887
14.वरफको पग्लने तापक्रम=273 k
15.फोटो खिच्ने क्यामरा वा फिल्मको रसायन को नाम=ArBr हो
16.रासायनिक मल बनाउन के को आवश्क पर्दछ=Co2 & NH3
17.नेपालमा RADIOPLANNIG AND MOBILE TELEPHONE को प्रोयोग कहिले देखि गरियो=सन 1999
18.दुई राष्ट्रविचको Computer जोड्ने network लाई=WAN भनिन्छ।
19.सुर्य र पृथ्वी को दुरि कति रहेको छ=1.5×10*-8KM
20.अल्फा सेन्टाउरी नामक तारा पृथ्वीबाट कति टाढा रहेको छ=4.3 प्रकश वर्ष
21.1AU=1.496 10*11m
22.न्युटनको जन्म =सन 1643 sep.25 वृटेन मा भएको थियो
23.कुनै पनि वस्तु गोलाकार पथमा घुम्नलाइ के को आवश्कता पर्दछ=सेन्टृपिटल
24.स्वासप्रस्वास कति प्रकारको हुन्छ=2.
25.अदिर दृष्टि भएको आखामा आकृती कहाँ वन्दछ=रेटिनाको अगाडि
26.सुर्यले प्रतिसेकेन्ड कति किलो जुल शक्ति छोड्दछ=27×10*23 किलो जुल
27.निम्न मध्ये कुन मिल्दैन
अ.सेता रक्तकोषको कमिले ल्युकोमिया भन्ने रोग लाग्छ।
आ.wbc को कमिले एनिमेया भन्ने रोग लाग्छ
इ.प्लेट्लेसलाइ थ्रोम्बोसाइट्स पनि भनिन्छ।
सबै ठिक छ्न्।

Thursday, July 12, 2018

विज्ञानसम्बन्धी_थुप्रै_महत्त्वपूर्ण_प्रश्नोत्तरहरु

#विज्ञानसम्बन्धी_थुप्रै_महत्त्वपूर्ण_प्रश्नोत्तरहरु
🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
सबभन्दा पातलो र सानो तन्त्रिका ??
➥• ट्रोक्लियर
स्पाइनल तन्त्रिकाको संख्या ??
➥• 31 जोर
Atlas vertebra को कुल संख्या ??
➥• 33
सामान्य मुटूको गति जन्मको समयमा ??
➥• 140 पटक/मिनेट
सबभन्दा ठूलो धमनी ??
➥• एब्सोमिनल एओर्टा
सामान्य हृदयको गति 1 वर्षको उमेरमा ??
➥• 120 पटक/मिनेट
मेरूदण्डको लम्बाई ??
➥• 42-45 cm
सर्वदाता रक्त समूह ??
➥• O
सबभन्दा ठूलो ह्राल वा लार ग्रन्थि ??
➥• पेरोटिड ग्रन्थि
केटीमा यौवनावस्थाको प्रारम्भ वा सुरु ??
➥• 13 वर्ष
शरीरको सबभन्दा कठोर भाग ??
➥• दाँतको इनेमल
सबभन्दा लामो तन्त्रिका ??
➥• सिएटिक
सबभन्दा ठूलो शिरा ??
➥• इन्फिरीयर वेनाकेवा
सानो आन्द्राको लम्बाई ??
➥• 6.25 मीटर
गर्भावस्थाको अवधि ??
➥• 266-270 दिन
मिर्गौलाको तौल ??
➥• 150 ग्राम
सबभन्दा सानो WBC ??
➥• लिम्फ्रोसाइट
सर्वाधिक पुर्नरूदभवन क्षमता हुने ??
➥• कलेजो
हीमोग्लोबिनको औसत मात्रा (महिलामा) ??
➥• 11.5-14 g/dl
सामान्य रक्तचाप ??
➥• 120/80 Hg
सबभन्दा ठूलो स्त्रावी ग्रन्थि ??
➥• थायराइड
शरीरको सामान्य तापक्रम ??
➥• 98.6ºF (37ºC)
सबभन्दा ठूलो ग्रन्थि ??
➥• कलेजो
स्याउमा कुन एसिड हुन्छ ??
➥• मेलिक एसिड
अंगूर कुन एसिड हुन्छ ??
➥• टार्टरिक एसिड
सोडा वाटरमा के हुन्छ ??
➥• कार्बोनिक एसिड
आतिसबाजीमा हरियो रङ् के कारणले देख्छ ??
➥• बेरियमको कारण
खाना पकाउने एलपीजी ग्यास के-के को मिश्रण हो ??
➥• प्रोपेन, मिथेन, ब्यूटेन र पेन्टेन
पीतल कुन-कुन धातुको मिश्रण हो ??
➥• जस्ता र तामा
काँस कुन-कुन धातुको मिश्रण हो ??
➥• टिन र तामा
स्टेनलेस स्टील ....... मिश्रण हो ??
➥• फलाम, क्रोमियम, कार्बन र निकिल
प्रेशर कुकरमा खाना छिटो पाक्दछ, किनकी वायुचापले केलाई वृद्धि गर्दछ ??
➥• क्वाथनाङ्क
लामखुट्टे वा मच्छर भगाउँने ग्यास कुन हो ??
➥• एलिथ्रीन
सबभन्दा भारी ग्यास कुन हो ??
➥• रेडोन
ब्रह्माण्डमा सर्वाधिक मात्रामा पाइने ग्यास कुन हो ??
➥• हाइड्रोजन (पृथ्वीमा ~ नाइट्रोजन)
शुष्क ग्यास कुन हो ??
➥• ठोस कार्बन डाइअक्साइड
कोइला जलाउँदा कुन ग्यास निस्किन्छ ??
➥• कार्बन मोनोअक्साइड
वनस्पति घिउँ बनाउँन कुन ग्यास प्रयोग हुन्छ ??
➥• हाइड्रोजन
आगो निभाउने ग्यास ??
➥• कार्बन डाइअक्साइड
क्लोरोफोर्मले बेहोस गरेर एक व्यक्तिले भ्यागुतालाई घाममा विच्छेदन गर्दा त्यो व्यक्ति बेहोस भयो, यो कुन ग्यासले गर्दा भएको हो ??
➥• फास्जीन
लाफिङ्ग ग्यास कुन हो ??
➥• नाइट्रसअक्साइड
प्रथम विश्व युद्धमा पहिलो पटक कुन ग्यासको प्रयोग भएको थियो ??
➥• मस्टर्ड ग्यास
General Science for kharidar.
स्याउमा कुन एसिड हुन्छ ??
➥• मेलिक एसिड
अंगूर कुन एसिड हुन्छ ??
➥• टार्टरिक एसिड
सोडा वाटरमा के हुन्छ ??
➥• कार्बोनिक एसिड
आतिसबाजीमा हरियो रङ् के कारणले देख्छ ??
➥• बेरियमको कारण
खाना पकाउने एलपीजी ग्यास के-के को मिश्रण हो ??
➥• प्रोपेन, मिथेन, ब्यूटेन र पेन्टेन
पीतल कुन-कुन धातुको मिश्रण हो ??
➥• जस्ता र तामा
काँस कुन-कुन धातुको मिश्रण हो ??
➥• टिन र तामा
स्टेनलेस स्टील ....... मिश्रण हो ??
➥• फलाम, क्रोमियम, कार्बन र निकिल
प्रेशर कुकरमा खाना छिटो पाक्दछ, किनकी वायुचापले केलाई वृद्धि गर्दछ ??
➥• क्वाथनाङ्क
लामखुट्टे वा मच्छर भगाउँने ग्यास कुन हो ??
➥• एलिथ्रीन
सबभन्दा भारी ग्यास कुन हो ??
➥• रेडोन
ब्रह्माण्डमा सर्वाधिक मात्रामा पाइने ग्यास कुन हो ??
➥• हाइड्रोजन (पृथ्वीमा ~ नाइट्रोजन)
शुष्क ग्यास कुन हो ??
➥• ठोस कार्बन डाइअक्साइड
कोइला जलाउँदा कुन ग्यास निस्किन्छ ??
➥• कार्बन मोनोअक्साइड
वनस्पति घिउँ बनाउँन कुन ग्यास प्रयोग हुन्छ ??
➥• हाइड्रोजन
आगो निभाउने ग्यास ??
➥• कार्बन डाइअक्साइड
क्लोरोफोर्मले बेहोस गरेर एक व्यक्तिले भ्यागुतालाई घाममा विच्छेदन गर्दा त्यो व्यक्ति बेहोस भयो, यो कुन ग्यासले गर्दा भएको हो ??
➥• फास्जीन
लाफिङ्ग ग्यास कुन हो ??
➥• नाइट्रसअक्साइड
प्रथम विश्व युद्धमा पहिलो पटक कुन ग्यासको प्रयोग भएको थियो ??
➥• मस्टर्ड ग्यास
स्याउमा कुन एसिड हुन्छ ??
➥• मेलिक एसिड
अंगूर कुन एसिड हुन्छ ??
➥• टार्टरिक एसिड
सोडा वाटरमा के हुन्छ ??
➥• कार्बोनिक एसिड
आतिसबाजीमा हरियो रङ् के कारणले देख्छ ??
➥• बेरियमको कारण
खाना पकाउने एलपीजी ग्यास के-के को मिश्रण हो ??
➥• प्रोपेन, मिथेन, ब्यूटेन र पेन्टेन
पीतल कुन-कुन धातुको मिश्रण हो ??
➥• जस्ता र तामा
काँस कुन-कुन धातुको मिश्रण हो ??
➥• टिन र तामा
स्टेनलेस स्टील ....... मिश्रण हो ??
➥• फलाम, क्रोमियम, कार्बन र निकिल
प्रेशर कुकरमा खाना छिटो पाक्दछ, किनकी वायुचापले केलाई वृद्धि गर्दछ ??
➥• क्वाथनाङ्क
लामखुट्टे वा मच्छर भगाउँने ग्यास कुन हो ??
➥• एलिथ्रीन
सबभन्दा भारी ग्यास कुन हो ??
➥• रेडोन
ब्रह्माण्डमा सर्वाधिक मात्रामा पाइने ग्यास कुन हो ??
➥• हाइड्रोजन (पृथ्वीमा ~ नाइट्रोजन)
शुष्क ग्यास कुन हो ??
➥• ठोस कार्बन डाइअक्साइड
कोइला जलाउँदा कुन ग्यास निस्किन्छ ??
➥• कार्बन मोनोअक्साइड
वनस्पति घिउँ बनाउँन कुन ग्यास प्रयोग हुन्छ ??
➥• हाइड्रोजन
आगो निभाउने ग्यास ??
➥• कार्बन डाइअक्साइड
क्लोरोफोर्मले बेहोस गरेर एक व्यक्तिले भ्यागुतालाई घाममा विच्छेदन गर्दा त्यो व्यक्ति बेहोस भयो, यो कुन ग्यासले गर्दा भएको हो ??
➥• फास्जीन
लाफिङ्ग ग्यास कुन हो ??
➥• नाइट्रसअक्साइड
प्रथम विश्व युद्धमा पहिलो पटक कुन ग्यासको प्रयोग भएको थियो ??
➥• मस्टर्ड ग्यास

💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕
➤ सबभन्दा हलुका धातु -- लिथियम
➤ सबभन्दा भारी धातु -- ओस्मियम
➤ सबभन्दा कडा पदार्थ -- हीरा
➤ सबभन्दा महंगो तत्त्व -- रेडियम
➤ पानीको शुद्ध रूप -- वर्षाको पानी
➤ सबभन्दा कडा धातु -- प्लेटिनम
➤ सबभन्दा उत्तम कोइला -- एन्थ्रासाइट
➤ मार्श ग्यास -- मीथेन
➤ नोबेल ग्यास -- हीलियम
➤ विधुत धाराको एकाइ -- एममीटर
➤ पाराको प्रमुख धाउ -- सिनेबा
➤ सबभन्दा बढी पाइने ग्यास -- नाइट्रोजन
➤ सबभन्दा नरम पत्थर -- बालुवा
➤ चन्द्रमाको खाल्टो -- क्रेटर
➤ सबभन्दा क्रियाशील धातु -- फ्रान्सियम
➤ सबभन्दा हलुका ग्यास -- हाइड्रोजन
➤ सर्वव्यापी घोलक -- पानी
➤ यन्त्रयुगको पिता -- लियोनार्दो दा भिन्ची
➤ सूर्यलाई हेर्ने यन्त्र -- हेलिस्कोप
➤ सबभन्दा पुरानो रोग -- कुष्ठरोग
➤ इमेलको सुरुआत -- सन् १९७६
➤ सबभन्दा चम्किलो तारा -- डग स्टार
➤ खाने सोडा -- सोडियम वाई कार्वोनेट
➤ लुगा धुने सोडा -- सोडियम कार्वोनेट
➤ सिक्काको अध्ययन -- न्युमिस्मेटिक्स
➤ सबभन्दा सानो उपग्रह -- लिडा
➤ सबभन्दा ठूलो उपग्रह -- गेनिमेड
➤ प्राथमिक रङ् -- रातो, निलो र हरियो
➤ क्विक सिल्भर -- पारो
➤ खोपको आविष्कार -- एडवार्ड जेनर
➤ सबभन्दा सानो हाड -- स्टेप्स
➤ सबभन्दा ठूलो ग्रन्थी -- कलेजो
➤ शरीरमा नुनको मात्र -- 0.9%
➤ औषधिको वृक्ष -- निम
➤ शरीरमा खनिजको प्रकार -- 13
➤ मांसपेशीको प्रकार -- 3
➤ तक्षशिला -- पाकिस्तान
➤ लामो दिन -- 21 जुन
➤ छोटो दिन -- 22 डिसेम्बर
➤ फादर अफ वाटर -- मिसिसिपी
➤ सबभन्दा पुरानो अन्न -- भटमास
➤ सबभन्दा पातलो -- साबुनको फिँज
➤ रोयल गेम -- चेस
➤ बाँदरमा लाग्ने एड्स -- एसटीआई
➤ सापेक्षताको सिद्धान्त -- E=MC²