Tuesday, September 10, 2019

दिगो विकासका लक्ष्यहरू संयुक्त राष्ट्र संघ को दिगो विकास सम्बन्धि सहमति

दिगो विकासका लक्ष्यहरू

संयुक्त राष्ट्र संघ को दिगो विकास सम्बन्धि सहमति

अर्को भाषामा पढ्नुहोस्अवलोकनसम्पादन

दिगो विकासका लक्ष्यहरू (एसडिजीहरू) भविष्यको अन्तर्राष्ट्रिय विकाससँग सम्बन्धित रहेको लक्ष्यहरूको समूह हो । तिनिहरूलाई संयुक्त राष्ट्र संघले सृजना गरेको हो अनि यसलाई दिगो विकासको लागि विश्वव्यापी लक्ष्यहरूको रूपमा प्रवर्द्धन गरिएको हो । तिनिहरूले २०१५ को अन्त्यमा समाप्त भएको सहस्राब्दी विकासका लक्ष्यहरूलाई प्रतिस्थापन गरेको थियो । एसडिजीज् २०१५ देखि २०३० सम्म चालू रहने छ । ती लक्ष्यहरूको लागि १७ वटा लक्ष्यहरू र १६९ खास लक्ष्यहरू छन् । [१]

लक्ष्यहरूसम्पादन

२०१५ को अगष्टमा १९३ राष्ट्रहरूले निम्नलिखित १७ वटा लक्ष्यहरूलाई स्विकार गर्यो:[२]

गरिबी रहित... सर्वत्र सबै प्रकारको गरिबीहरू समाप्त पार्ने ।भोक रहित... भोकलाई समाप्त पार्ने खाद्य सुरक्षा र सुधारिएको पोषण प्राप्त गर्ने अनि दिगो कृषिलाई प्रवर्द्धन गर्ने ।असल स्वास्थ्य ... स्वस्थ्य जीवनहरूलाई निश्चित गर्ने र सबै उमेरका सबैको कल्याणलाई प्रवर्द्धन गर्ने ।गुण स्तरीय शिक्षा ... समावेशी र समान गुण स्तरीय शिक्षालाई निश्चित गर्ने र सबैको लागि जीवन भरीको लागि सिक्ने अवसरहरूलाई प्रवर्द्धन गर्ने ।लैङ्गिक समानता... लैङ्गिक समानता प्राप्त गर्ने अनि सबै महिला र बालिकाहरूलाई सशक्तिकरण गर्ने ।स्वच्छ पानी र स्वच्छता ... सबैको लागि पानी र स्वच्छताको उपलब्धता र दिगो व्यवस्थापन निश्चित गर्ने ।नवीकरणीय र खरिदयोग्य ऊर्जा ... सबैको लागि वहनयोग्य, विश्वसनीय, दिगो र आधुनिक ऊर्जामा पहुँच निश्चित गर्ने ।असल रोजगारीहरू र अार्थिक वृद्धि ...सबैको लागि दिगो, समावेशी र दिगो आर्थिक वृद्धि, पूर्ण र उत्पादन मूलक रोजगारी अनि मर्यादित प्रकृतिको काम प्रवर्द्धन गर्ने ।उद्योग,नविन सोच र भौतिक संरचना आधारभूत संरचना ... लचकदार आधारभूत संरचना निर्माण गर्ने समावेशी र दिगो ‌औद्योगिकरणलाई प्रवर्द्धन गर्ने तथा नविन आविष्कारलाई प्रोत्साहन दिने ।असमानतालाई न्यूनकरण... देश भित्र र देशहरू बीच असमानतालाई न्यूनकरण गर्ने ।दिगो सहरहरू र समुदायहरू... सहरहरू र मानव वस्तिहरूलाई समावेशी, सुरक्षित, लचकदार र दिगो बनाउनेउत्तरदायी उपभोग र उत्पादन... दिगो उपभोग र उत्पादनको ढाँचालाई निश्चित गर्ने ।जलवायु कार्य... जलवायु परिवर्तन विरुद्ध लड्नको लागि अत्यन्त जरुरी कार्य गर्ने ।दिगो जल जीवन समुद्रहरू ...दिगो विकासको लागि महासागर, समुद्र र सामुद्रिक स्रोतहरूलाई संरक्षण गर्ने र त्यसलाई दिगो रूपमा प्रयोग गर्नेदिगो भूमि जीवन... पृथ्वीको पर्यावरणको दिगो प्रयोगको लागि संरक्षण पुनर् स्थापना र प्रवर्द्धन गर्ने, वनलाई दिगो रूपमा व्यवस्थापन गर्ने मरुभूमिकरण विरुद्ध लड्ने तथा भू क्षयलाई रोक्ने र उल्ट्याउने र जैविक विविधतामा हुने हानिलाई रोक्ने ।शान्ति र न्याय र मजवुत संस्था ... दिगो विकासको लागि शान्त र समावेशी समाजहरूलाई प्रवर्द्धन गर्ने, सबैको लागि न्यायमा पहुँच उपलब्ध गराउने अनि सबै स्तरहरूमा प्रभावकारी विश्वसनीय र समावेशी व्यवस्थाहरू निर्माण गर्ने ।दिगो विकासको लागि साझेदारी... लागू गर्ने उपायलाई सबलीकरण गर्ने अनि दिगो विकासको लागि विश्वव्यापी साझेदारीलाई पुनर् जीवित तुल्याउने ।

No comments:

Post a Comment