मलाई खरिदारकाे interview मा साेधिएका प्रश्नहरु
- परिचय दिनुस
- निजामती सेवामा प्रवेश गर्न लाग्नुभएको मा बधाई तथ शुभकामना का साथ स्वागत गर्न चाहान्छु भनेर सुरुवात
- कुन विषय पढ्नुभयकाे
- computer र अगाडि काे परिक्षा कस्तो गर्नुभएको छ
- किना तेति टाढाबाट यहाँ सम्म अाउनुभएकाे उतातिर लाेकसेवा खुल्दैन
- हिन्दु धर्मका चार धाम भन्नुस
- भित्री मधेस मा पर्ने जिल्ला भन्नुस
- राष्ट्रिय सुरक्षा परिषद काे अध्यक्ष काे हुन्छ भन्नुस
- सबिधानकाे अशसाेधनिय विषयहरु केके हुन भन्नुस
- निजामती सेवा ऐनमा अारक्षणकाे व्यवस्था बारेमा भन्नुस
- तपाईं पिछडिएकाे अरक्षण सेवा मा सन्तुष्टि हुनुहुन्छ र केके मा पिरवर्तन गर्न जरुर छ अाफ्नाे भिउ दिनुस
दास्राे सरले
- दिपेन्द्र जि घर जाजरकोट नि
- कति नम्बर प्रदेशमा पर्छ
- 6 नम्बर प्रदेशमा कति जिल्ला पर्छन
- हाल जम्मा स्थानीय निकाय कति छन
- जलबायु परिवर्तनका असरहरु केके हुन
- पत्र व्यवहार भनेकाे के हाे
- मालपोत कार्यलयमा सिफारिस हुनुभयाे भने त्यहा दावि विराेध भनेको के हाे
- कर्णाली अञ्चल का विशेषताहरु
- कर्णाली प्रदेशका विशेषताहरु
- माैलक कर्तव्य कति धारामा र के के हुन
- 2063 भन्दा 2072 मा थपियका माैलिक हक हरु के के हुन
- राज्यको काेषबाट सेवासुबिधा पाउने 884 ससद कुनकुन हुन पर्याउनुस
- सघिय सरचनामा तीन तह के के हुन
- स्थानीय तह अन्तर्गत के के पर्छन
- एउटा गाई पुर्व गई एउटा गाई पिशचिम गई विचमा घाँस थियो खाना पाई कि नपाइ 3 सेकेन्ड मा उतर दिने
तेस्रो सरले
- दिपेन्द्र जि कति वर्ष टिचिङ गर्नुभयाे
- शिक्षा पढेको मान्छे शिक्षक हुनुपर्ने किना निजामती सेवा मा अाउनु भयाे
- subject गणित हाे
- अायतन र परिमिमा के फरक छ
- प्रतिशत भनेको के हाे
- तपाईंले के परिक्षा दिनुभयाे के तयारी गरि राख्नु भयकाे छ त्यसमध्ये तपाईंलाई धेरै मन पर्ने टपिक भन्नुस म त्यहिबाट साेध्छु
- संविधान भन्दे
- सारवभाैमसत्ता भनेको के हाे
- याे कसमा निहित
- जनतामा निहित भएको 1 वटा उदाहरण दिनुस
-
-
चाैथाे सरले
- दिपेन्द्र राजा के छ त खबर
- सिह कुन जातमा पर्छ
- तपाईं पनि राजासप हुनु रहेछ
- राजासाप
- जयपृथवि वहादुरसिह लाई चिन्नुहुन्छ
- कसका अाफन्त
- छाेरि लियका कि बहिनी लियका
- किताब लेखेका थिय रे नाम के हाे
- बिकास भनेकाे के हाे
- कञ्नजघा,ल्हाेत्से र माकालु हिमाल पुर्वबाट पश्चिम मिलाउनुस
- यी हिमाल लाई फेरि उचाइ का अाधारमा मिलाउनुस
- अन्नपर्ण हिमाल काे उचाइ
- चाेयु हिमाल काे उचाइ
- 8 हजार भन्दा माथिका हिमाल नेपाल
- bed third yearma पढेकाे विषयकाे नाम भन्नुस
- real analysis भनेको के हाे -
- real number भनेको के हने
- विषबाट साेधिय अरु 1/2 questions
- स्मरण भएको यति हाे ।
No comments:
Post a Comment