Tuesday, December 31, 2019

सामान्य ज्ञान प्रश्न-उत्तर


१. ‘पिसाबलाई हिसाबमा रूपान्तरण’ नामक अभियान सञ्चालन गर्ने प्रथम स्थानीय तह कुन हो ?
 

मंगला गाउँपालिका
(नोट – म्याग्दीको उक्त गाउँपालिकाले २०७५ पुस ८ गतेबाट यो अभियान सञ्चालन गरेको छ ।)

२. जलवायु परिवर्तनसम्बन्धी राष्ट्रिय सम्मेलन कहिले र कहाँ सम्पन्न भयो ?

 २०७५ पुस १६–१७, सिन्धुपाल्चोकको गुफाडाँडा
(नोट – ‘समृद्ध नेपाल, स्वच्छ नेपाली’ भन्ने मूल नाराका साथ सम्पन्न भएको उक्त सम्मेलनले १० बुँदे गुफाडाँडा घोषणापत्र ‘साझा सिन्धु’ जारी गरेको थियो ।)

३. नेपालमा ‘चुरे संरक्षण दिवस’ कहिले मनाइन्छ ?

 असार २ गते

४. विश्वमा कुन देशलाई ‘कविहरूको देश’ भनेर भनिन्छ ?

 चिली

५. चर्चित साहित्यिक कृति ‘कोरियाना कफी गफ’का लेखक को हुन् ?

 नारायण वाग्ले

६. ‘मानव विकास सूचकांक २०१८’अनुसार नेपाल कतिऔँ स्थानमा पर्न सफल भयो ?

 १४९औँ स्थानमा

७. अग्रज लोकगायक बुद्धिकृष्ण लामिछानेको निधन कहिले भयो ?

 २०७५ पुस १३

८. नेपाल र भारतबीचकोे संयुक्त सैन्य अभ्यासलाई के नामाकरण गरिएको छ ?

 सूर्यकिरण

९.‘आदिवासी जातजाति बहुजातीय संग्रहालय’ कहाँ रहेको छ ?

 सुनसरीको धरान

१०. ‘पञ्चायतको मलामी’ भनेर नेपालको इतिहासमा कसलाई भनिन्छ ?
 

मरिचमानसिंह

११. ‘सातौँ राष्ट्रिय गणित सम्मेलन’ कहाँ भयो ?

 बुटवलमा (नोट – २०७५ पुस २८ देखि माघ १ सम्म नेपाल र भारतका गणितिज्ञहरूको भेला भएको थियो ।)

१२. भेडीखोला जलविद्युत् आयोजना कुन जिल्लामा पर्दछ ?

 पर्वत

१३. ‘सिएनएन हिरो अवार्ड २०१८’ प्राप्त गर्न सफल व्यक्ति को हुन् ?

 रिकार्डो पुन चोङ (पेरु) 

१४. बिबिसी अफ्रिकन वर्ष खेलाडी २०१८ को अवार्ड कुन खेलाडीले प्राप्त गरे ?

 मोहमद सालह (नोट– गत वर्षको विजेता पनि सालह नै रहेका थिए भने उनी इजिप्टका खेलाडी हुन् ।)

१५. नेपालको पहिलो ‘अस्ट्रिच फर्म’ कहाँ रहेको छ  ?

 रुपन्देही (नोट – दोस्रो फर्मचाहिँ दाङको बेलझुन्डीमा रहेको छ ।)

१६. परस्त्रीसँग अनुचित सम्बन्ध राखेको आरोपमा तलेजुमा काटिएर मारिने राजा को हुन् ?
 

विश्वजित मल्ल

१७. बहुचर्चित पेय पदार्थ ‘कोकाकोला’को उत्पादन सुरु कहिलेदेखि भयो ?

 सन् १८८६ मे ८ (स्मरण रहोस्, कोेकाकोलाको मुख्यालय एटलान्टा सहर, जर्जिया राज्य युएसएमा रहेको छ भने नेपालमा कोकाकोलाको कारोबारको सुरुवात सन् १९७९ बाट भएको हो ।)

१८. स्पेनमा आयोजना गरिने पर्यटन मेलालाई के नामाकरण गरिएको छ ?

 फिटुर

१९. थारू जीवनशैलीका लागि प्रसिद्ध स्थल (होमस्टे क्षेत्र) भादा गाउँ कुन जिल्लामा पर्दछ ?

 कैलाली

२०. सर्वोच्च अदालतले ‘राइट टु रिजेक्ट’ को व्यवस्था गर्न कहिले आदेश जारी गरेको थियो ?

 २०७० पुस २१  

२१. सार्वजनिक यातायातका साधनमा हुने दुव्र्यवहार रोक्न प्रहरीले २०७४ साल साउन १८ गतेदेखि सुरु गरेको नयाँ अभियानको नाम के हो ?

 सेफ्टीपिन

२२. नेपालको इतिहासमा सर्वप्रथम ऐन प्रमाणित गर्ने जनप्रतिनिधि को हुन् ?

 सुवासचन्द्र नेम्वाङ (पेस्की खर्च ऐन २०६३)

२३. ग्लोबल जेन्डर ग्याप इन्डेक्स २०१८ अनुसार नेपाल कतिऔँ स्थानमा पर्न सफल भयो ?

 १०५औँ स्थान (०.६७१ अंक) (स्मरण रहोस्, इन्डेक्सको पहिलो स्थानमा आइसल्यान्ड रहेको छ भने अन्तिम स्थानमा यमन रहेको छ ।)

२४. कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताहरूको मुख्य लगानीमा बन्न लागेको बेतन कर्णाली जलविद्युत् आयोजनाको उत्पादन क्षमता कति हुने अनुमान छ ?
 ६८८ मेगावाट

२५. विश्वमा कतैपनि नपाइने स्नोट्राउट माछा नेपालको कुन तालमा पाइन्छ ?
 रारा ताल

No comments:

Post a Comment