परिचय
सर्वसाधारणको सुख, शान्ति र आर्थिक हितको निमित्त समाजमा आर्थिक अनुशासन, नैतिकता र सदाचार कायम राख्त भष्ट्राचार निवारणका सम्वन्धमा समायानुकुल कानूनी व्यवस्था गर्न वाञ्छनीय भएकाले सर्वसाधारणको सुख, शान्ति र आर्थिक हितको निमित्त समाजमा आर्थिक अनुशासन नैतिकता र सदाचार कायम राख्न भष्ट्राचार निवारणका सम्वन्धमा समयानुकुल कानूनी व्यवस्था गर्न यो ऐन आएको हो ।
♦ २०५९।०३।०४ गते जारी भएको , २०६६।१०।०७ मा प्रथम संशोधन भएको ।
♦ भष्ट्राचार सम्वन्धी कसूरको परिभाषा गरेको ।
♦ सार्वजनिक पद धारणा गरेको व्यक्तिले त्यस्तो कसूर गर्न नहुने व्यवस्था ।
♦ त्यस्तो कसूर गरेमा भ्रष्टाचार सम्वन्धी अपराध मानिने व्यवस्था गरिएको।
♦ त्यस्ता अपराध गरेमा कैद, जरिवाना, विगो असूल लगायतका सजाय हुने ।
♦ भष्ट्राचार सम्वन्धी अपराधको अनुसन्धान तथा तहकिकात अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्ने व्यवस्था रहेको।
♦ राष्ट्रिय सतर्कता केन्द्र स्थापना गर्ने तथा काम ,कर्तव्य र अधिकार निर्धारण गरेको ।
भष्ट्राचार निवारण ऐनले गरेका भष्ट्राचार सम्वन्धी कसूरहरु
भष्ट्राचार निवारण ऐन २०५९ ले निम्न कार्यहरु गरेमा भष्ट्राचारको कसूर गरेको मानिन्छ ,
♦ रिसवत लिन दिने,
♦ विना मूल्य वा कम मूल्य वस्तु तथा सेवा लिने,
♦ दान, दातव्य, उपहार, चन्दा लिने,
♦ कमिसन लिने ,
♦ राजश्व चुहावट गर्ने,
♦ गैरकानूनी लाभ वा हानी पुर्याउने वदनियतले काम गर्न नहुने,
♦ राष्ट्रसेवकले गलत लिखत तयार गर्न नहुने,
♦ गलत अनुवाद गर्न नहुने,
♦ सरकारी कागजात सच्याउन नहुने,
♦ सरकारी वा सार्वजनिक कागजातहरु नोक्सान गर्ने,
♦ प्रश्न पत्रको गोपनियता भंग गर्ने तथा गलत नतिजा प्रकाशन गर्ने,
♦ गैरकानूनी व्यापार व्यवसाय गर्ने,
♦ नपाएको ओहोदा पाए भन्ने,
♦ झुट्टा विवरण दिने,
♦ सार्वजनिक सम्पत्तिको हानी नोक्सानी गर्ने,
♦ गैरकानूनी दवाव दिने,
♦ गलत प्रतिवेदन दिने,
♦ गैरकानूनी सम्पत्ति आर्जन गर्ने ।
सजाय सम्वन्धी व्यवस्था
♦ रिसवत लिने दिने –
• रिसवतको मात्रा अनुसार विगो असुली र ३ महिना देखि १० वर्ष सम्म कैद र राष्ट्रसेवक वाहेक अन्यलाई निजलाई भएको सजायको आधा सजाय
♦ विना मूल्य वा कम मूल्य वस्तु तथा सेवा लिने:-
• कुनै कार्यालयको कामसँग सम्वन्धित व्यक्ति वा संस्थाबाट त्यस्तो सेवा लिन नहुने । सो लिएमा कसूरको मात्रा अनुसार ६ महिना देखि १ वर्ष सम्म कैद, विगोक वमोजिम जरिवाना र लगिसेको भए विगो जफत ।
♦ दान, दातव्य, उपहार, चन्दा लिने :-
• आफ्नो पदमा वहाल रहेको कुनै काम सँग सम्वन्धित र कुनै असर पर्ने गरी दान, दातव्य, चन्दा लिन नहुने । त्यस्तो कार्य गरेमा कसूरको मात्रा अनुसार ३ महिना देखि ६ महिना सम्म कैद र विगो जफत
♦ कमिसन लिने :-
• सरकारी कामको सिलसिलामा कुनै कार्य गर्दा कमिसन, पारिश्रमिक, दलाली दस्तुर लगायत लिन नहुने । उक्त कसूर गरेमा कसूरको मात्रा अनुसार रिसवत लिए सरह विगो वमोजिमको जरिवाना, विगो, असुल तथा कैद सजाय हुने ।
♦ राजश्व चुहावट गर्ने:-
• राजश्व उठाउने जिम्मेवारी भएको राष्ट्रसेवकले राजश्व चुहावट गर्ने, राजश्व चुहावट गर्न मद्दत गर्ने कार्य गर्न नहुने । उक्त कार्य गरेमा रिसवत लिए सरहको कसूर मानी कसूरको मात्रा अनुसार विगो असुली, जरिवाना तथा कैद सजाय हुने ।
♦ गैरकानूनी लाभ वा हानी पुर्याउने वदनियतले काम गर्न नहुने:-
• ३ महिना देखि ३ वर्ष सम्म कैद , १० हजार देखि ५० हजार सम्म जरिवाना र विगो खुलेकोमा विगो वमोजिम जरिवाना र विगो असूल गर्ने ।
♦ राष्ट्रसेवकले गलत लिखत तयार गर्न नहुने :-
• कसूरको मात्रा अनुसार ३ महिना देखि ३ वर्ष सम्म कैद , १० हजार देखि ५० हजार सम्म जरिवाना ।
♦ गलत अनुवाद गर्न नहुने :-
• कसूरको मात्रा अनुसार ३ महिना देखि ३ वर्ष सम्म कैद , १० हजार देखि ५० हजार सम्म जरिवाना ।
♦ सरकारी कागजात सच्याउन नहुने :-
• कसूरको मात्रा अनुसार ३ महिना देखि २ वर्ष सम्म कैद र ५० हजार सम्म जरिवाना ।
♦ सरकारी वा सार्वजनिक कागजातहरु नोक्सान गर्ने:-
• कसूरको मात्रा अनुसार ६ महिना देखि १ वर्ष सम्म कैद र १० हजार देखि ५० हजार सम्म जरिवाना ।
♦ प्रश्न पत्रको गोपनियता भंग गर्ने तथा गलत नतिजा प्रकाशन गर्ने :-
• कसूरको मात्रा अनुसार ३ महिना देखि १ वर्ष सम्म कैद , ५ हजार देखि १० हजार सम्म जरिवाना ।
♦ गैरकानूनी व्यापार व्यवसाय गर्ने :-
• कसूरको मात्रा अनुसार ३ महिना देखि ६ महिना सम्म कैद , १० हजार देखि ५० हजार सम्म जरिवाना र आर्जन गरेको सम्पत्ति जफत हुने ।
♦ नपाएको ओहोदा पाए भन्ने:-
• कसूरको मात्रा अनुसार १ वर्ष देखि २ वर्ष सम्म कैद र ५० हजार सम्म जरिवाना ।
♦ झुट्टा विवरण दिने :-
• कसूरको मात्रा अनुसार ६ महिना देखि १ वर्ष सम्म कैद , १० हजार देखि २० हजार सम्म जरिवाना ।
♦ सार्वजनिक सम्पत्तिको हानी नोक्सानी गर्ने :-
• कसुरको मात्रा अनुसार रिसवत लिए सरह कैद जरिवाना दुरुपयोग भएको वा हिनामिना भएको सम्पत्ति असुल ।
♦ गैरकानूनी दवाव दिने:-
• कसूरको मात्रा अनुसार ४ वर्ष देखि ८ वर्ष सम्म कैद , १ लाख देखि ५ लाख सम्म जरिवाना ।
♦ गलत प्रतिवेदन दिने :-
• कसूरको मात्रा अनुसार ३ महिना देखि १ वर्ष सम्म कैद , १० हजार देखि ५० हजार सम्म जरिवाना ।
राष्ट्रिय सतर्कता केन्द्र सम्वन्धी व्यवस्था
भ्रष्टाचारजन्य कार्यलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न तथा भ्रष्टाचार विरुद्ध जनचेतना अभिवृद्धि गर्न नेपाल सरकारले प्रधानमन्त्रीको प्रत्यक्ष रेखदेख र नियन्त्रणमा रहने गरी एक राष्ट्रिय सतर्कता केन्द्र स्थापना गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिमको केन्द्रको प्रमुखको रूपमा नेपाल सरकारले निजामती सेवाको विशिष्ट श्रेणीको कुनै अधिकृतलाई तोक्न सक्नेछ र सो केन्द्रमा आवश्यकता अनुसार नेपाल सरकारको सेवाको कर्मचारीहरू रहनेछन्।
राष्ट्रिय सतर्कता केन्द्रको काम, कर्तव्य र अधिकार
♦ नेपाल सरकारका मन्त्रालय, विभाग, कार्यालय र सार्वजनिक संस्थाबाट सम्पादन हुनु पर्ने कार्यहरू नियमित रूपमा भए नभएको विषयमा सूचना सङ्कलन गर्ने,
♦ नेपाल सरकारका मन्त्रालय, विभाग, कार्यालय वा सार्वजनिक संस्थाबाट नियमित रूपमा हुनु पर्ने कार्य भएको नपाइएमा त्यस्ता निकायलाई सो विषयमा सतर्क गर्ने,
♦ सार्वजनिक पद धारण गरेको व्यक्तिले प्रचलित कानुनबमोजिम दिइएको सम्पत्ति विवरण र आयको अनुगमन गर्ने,
♦ भ्रष्टाचार हुन सक्ने स्थान वा काममा नियमित निगरानी राख्ने, छड्के जाँच र अन्वेषण गर्ने आवश्यक व्यवस्था मिलाउने,
♦ भ्रष्टाचार नियन्त्रण सम्बन्धमा अपनाउनु पर्ने नीति, रणनीति र तत्सम्बन्धी कानुनमा कुनै सुधार गर्नु पर्ने देखिएमा नेपाल सरकारलाई आवश्यक सुझाव दिने,
♦ नेपाल सरकारका मन्त्रालय, विभाग, कार्यालय वा सार्वजनिक संस्थामा उजुरी पेटिका राख्ने व्यवस्था मिलाउने,
♦ भ्रष्टाचारको रोकथाम गर्ने उद्देश्यले आवश्यकता अनुसार सम्बन्धित निकायलाई कुनै सुझाव वा निर्देशन दिने, (ज) भ्रष्टाचार सम्बन्धी कसुरमा अनुसन्धान गर्ने निकाय वा पदाधिकारीबाट भ्रष्टाचार सम्बन्धी आवश्यक विवरण वा सूचना प्राप्त गरी अद्यावधिक गराई राख्ने,
♦ भ्रष्टाचार सम्बन्धी प्राप्त कुनै जानकारी सम्बन्धित निकायमा लेखी पठाउने,
♦ भ्रष्टाचार नियन्त्रण सम्बन्धमा आइपर्ने अन्य कार्य गर्ने वा गराउने ।
♦ नेपाल सरकारले तोकेको अन्य कार्य गर्ने, गराउने ।
No comments:
Post a Comment