Monday, July 15, 2019

१२ औँ एकदिवसीय विश्वकप कृकेट प्रतियोगिता , २०१९ को संक्षिप्त झलक : - …………………………………………………………………………

१२ औँ एकदिवसीय विश्वकप कृकेट प्रतियोगिता , २०१९ को संक्षिप्त झलक : -
…………………………………………………………………………

• विजेता :- इङ्ल्याण्ड
[ निकै नै रोमाञ्चक खेलमा न्युजिल्यान्डले टस जितेर सुरुमा ब्याटिङ गरेर २४१ रन बनाई इङ्ल्याण्डलाई २४२ रनको लक्ष्य पेश गरेको थियो । जवाफी ब्याटिङ गरेको इङ्ल्याण्डले पूरा ५० ओभर खेल्दै २४१ रन बनायो र गेम सुपर ओभरमा गयो , सुपर ओभरमा सुरुवाती ब्याटिङ गरेको इङ्ल्याण्डले न्युजिल्यान्ड सामू १५ रन बनाई १६ रनको लक्ष्य पेश गरेकोमा जवाफी ब्याटिङ थालेको न्युजिल्याण्डले पनि समान १५ रन जोड्यो । त्यसपछि Superior Boundary Count का आधारमा इङ्ल्याण्ड  विजेता बन्न सफल भयो भने न्युजिल्यान्डले तीतो अनुभवका साथ  उपविजेतामै चित्त बुझाउनुपर्यो । ]

• उपविजेता :- न्युजिल्याण्ड

• सेमि फाईनल खेल्ने :- अस्ट्रेलिया , भारत , इङ्ल्याण्ड , न्युजिल्यान्ड

• आयोजना स्थल :- इङ्ल्याण्ड एण्ड वेल्स

• आयोजना मिति :- २०१९ मे ३० देखि जुलाई १४ सम्म

• सहभागी टोली :- १० [ इङ्ल्याण्ड , भारत , अस्ट्रेलिया , न्युजिल्यान्ड , दक्षिण अफ्रिका , पाकिस्तान , बंगलादेश , वेस्ट इण्डिज , श्रीलंका , अफगानिस्तान ]

• राउण्ड रोबिन एण्ड नक आउट प्रणाली मार्फत् खेलाइएको

• सर्वाधिक रन बनाउने खेलाडी :- रोहित शर्मा [ ६४८ रन , भारत ]

• सर्वाधिक विकेट लिने खेलाडी :- मिचेल स्टार्क [ अस्ट्रेलिया , २७ विकेट ]

• प्लेयर अफ दि टुर्नामेन्ट :- केन विलियम्सन [ कप्तान , न्युजिल्यान्ड , ५७८ रन ]

• फाईनल खेलको म्यान अफ दि म्याच :- बेन स्टोक्स [ अलराउण्डर  , इङ्ल्याण्ड ]

• फाईनल खेल भएको रंगशाला :- लर्ड्स

• आयोजक :- अन्तर्राष्ट्रिय कृकेट परिषद् ( ICC )

• जम्मा खेल संख्या :- ४८

• पहिलो एकदिवसीय विश्वकप कृकेट प्रतियोगिता सन् १९७५ मा इङ्ल्याण्डमा भएको थियो , जसमा वेस्ट इन्डिजले उपाधि आफ्नो पोल्टामा पारेको थियो भने अस्ट्रेलियाले उपविजेतामा चित्त बुझाउनुपरेको थियो ।

• हालसम्म एकदिवसीय विश्वकप कृकेटको उपाधि ६  देशले मात्र जितेका छन् , जसमा अस्ट्रेलियाले सबैभन्दा बढी ५ पटक ( १९८७ , १९९९ , २००३ , २००७ , २०१५ ) , भारतले २ पटक ( १९८३ , २०११ ) , वेस्ट इण्डिजले २ पटक ( १९७५ , १९७९ ) तथा पाकिस्तान ( १९९२ ) , श्रीलंका ( १९९६ ) र इङ्ल्याण्ड ( २०१९ )  ले समान १/१ पटक उपाधि हात पारिसकेका छन् ।

• यो प्रतियोगिता प्रत्येक ४/ ४ वर्षमा आयोजना हुने गर्दछ ।

• प्रतियोगिताका विविध पक्ष तथा  रेकर्डहरु :-

  - एकै एकदिवसीय  विश्वकपमा सर्वाधिक विकेट लिने बलर अस्ट्रेलियाका मिचेल स्टार्क हुन् , उनले सन् २०१९ को विश्वकपमा २७ विकेट लिए ।

  - एकै एकदिवसीय  विश्वकपमा सबैभन्दा बढी रन बनाउन ब्याट्सम्यान सचिन तेन्दुलकर ( ६७३ रन ) हुन् ,

  - एकदिवसीय विश्वकप कृकेटको इतिहासमा सबैभन्दा बढी विकेट लिने बलर अस्ट्रेलियाका  'Glenn McGrath' ( ७१ विकेट )  हुन् ।

  - एकदिवसीय विश्वकपको इतिहासमा सबैभन्दा बढी रन बटुल्ने ब्याट्स्म्यान सचिन तेन्दुलकर ( २२७८  रन ) हुन् ।

   - एकै एकदिवसीय विश्वकपमा सबैभन्दा बढी शतक बनाउने ब्याट्सम्यान रोहित शर्मा [ भारत , ५ शतक , सन् २०१९ ) हुन् ।

  - एकदिवसीय विश्वकप कृकेटको फाईनलमा सर्वाधिक व्यक्तिगत रन बनाउने ब्याट्स्म्यान एडम गिलक्राइस्ट  हुन् । उनले सन् २००७ मा श्रीलंका विरुद्द १४९ रन बटुलेका थिए । 

  - एकदिवसीय विश्वकप कृकेटको इतिहासमा सर्वाधिक शतक बनाउने  ब्याट्सम्यान रोहित शर्मा र सचिन तेन्दुलकर हुन् , जसले समान ६ शतक बनाएका छन् ।

  - एकदिवसीय विश्वकप कृकेटको इतिहासमा सबैभन्दा कम बलमा शतक बनाउने ब्याट्सम्यान आयरल्यान्डका केविन ओब्रायन ( ५० बल ) हुन् ।

  - एकदिवसीय विश्वकप कृकेटको इतिहासमा ६०० भन्दा बढी रन र १० विकेट भन्दा बढी विकेट लिने एकमात्र अलराउन्डर बंगलादेशका  शकिब अल हसन हुन् , उनले सन् २०१९ को एकदिवसीय विश्वकप कृकेटमा यो रेकर्ड कायम गरेका हुन् ।

• फाईनल खेलको मुख्य अम्पायर :- कुमार धर्मसेना

• आगामी १३ औँ संस्करणको एकदिवसीय विश्वकप कृकेट प्रतियोगिता सन् २०२३ मा भारतमा हुनेछ ।

   Remember : " England is the first country to win Cricket World Cup , Football World Cup & Rugby World Cup . "

        

No comments:

Post a Comment