Monday, February 3, 2020

दिनको २ घण्टामा लोकसेवा पास गर्ने अचुक औषधी

दिनको २ घण्टामा लोकसेवा पास गर्ने अचुक औषधी
पहिलो फेज;
१: चाहे त्यो २ घण्टाको समय बिहान होस कि बेलुका, २ घण्टा भने पछि जुन सुकै काम पनि त्यागेर किताव पढ्न बस्नु पर्यो ।
२: त्यो २ घण्टाको समयमा फ़ोन वा सञ्चारको साधनलाई आफुबाट टाढा वा आफुसगं कुनै नि साधन नै छैन भनेर सम्झिने,
३: पहिलो १ हप्ता सम्म आफुलाई मैले यों तहको लागि परिक्षा दिदै छु है र मैले यसलाई असामान्य तरिकाले पास गर्न सक्छु है भनेर मनमा दृढ गर्ने र म पास गर्छु निश्चत समयमा भनेर आफ्नो मन सँग वचन गर्ने
४: देशको जुन सुकै कुनामा गए भने पनि आफ्नो २ घण्टाको नियमित समयलाई आक्षरश पालना गर्ने,
५: लोकसेवाको रिक्त पदको विज्ञापन आए पछि मात्र पढ्ने बानि र कार्यलाई त्याग्ने,
६: साथिहरूको लहै लहमा नलाग्ने,
७: गर्हो रैछ, नसकिने रैछ भनेर कहिले पनि आफुलाई कमजोर न सोच्ने,
८: सबैभन्दा मुख्य कुरा भनेको समय सदुपयोग गर्न सिक्ने, उत्तर छोटो, मिठो र सफा देखिने गरेर लेख्ने,
९: परिक्षा भईसके पनि पढाईलाई निरन्तरता दिने,
१०: यों २ घण्टा भनेको त स्पेशल समय हो, यों भन्दा बढि जति समय सके भने छुटाउने तर २ घण्टा त अनिवार्य हो।
११: बिस्तार विस्तारण पढ्ने बानिको बिकास भयो भने २ घण्टा पनि २० मिनेट जस्तो लाग्छ र समय गएको पनि पत्तो नै हुदैन।
दोस्रो फेज:
१: सिलेवसलाई राम्रो सगं मनन गर्ने र सिलेबस आनुसार अध्ययनलाई आगाडी बढ़ाउने,
२: आफुले तयारि गरिरहेको तहको तल्लो र माथिल्लो तहको सिलेबसमा तुलना छुट्याउने र तत्काल आफुले तयारि गरिरहेको तहको तल्लो र मथिल्लो तहको पनि विज्ञापन खुलेमा त्यसमा नि दरखास्त दिने,
३: पहिलो परिक्षा IQ र GK को हुने भएकोले बिषेषतह: यसलाई समय दिने र IQ&GK को परिक्ष सकिएपछि २ महिनाको समय रहन्छ त्यो समय भित्र बिषगतको पुर्णरूपमा तयारि गर्ने।
४: IQ पढ्दा लेखेर मात्र आभ्यास गर्ने र सिलेबस अनुसार पुर्ण रूपमा दिनको एउटा एकाईलाई मात्र हेर्ने तर पुराना र आउने सम्भावना बोकेका प्रश्नलाई बढि अभ्यास गर्ने,
५: IQ & GK को प्रश्न बनाउनु आघि प्रश्नलाई २/३ पटक पढेर मात्र उत्त्रर लेख्नेबानि वसालौ जस्ले गर्दा प्रश्न र उत्तर सम्झने बानिको बिकास हुन्छ।
६: IQ&GK को समय बिभाजन गरी पढ्ने जस्तै ४५ मिनेट IQ, ४५ मिनेट GK र ३० मिनेट तुरून्त पढ़ेंको एकाईलाई सम्झने र याद गर्ने प्रयास गर्ने,
७: पढ़ेको कुरालाई कहिले पनि अधुरो नछोड्ने जस्ले गर्दा आफुलाई घातक हुन सक्छ जस्तै जानेको छ तर उत्तर लेख्दा दोधार हुन्छ यों हो कि त्यो हो भन्ने जस्तो भ्रम पर्छ परिक्षा हलमा,
८: छोटकरिमा अध्ययन गर्ने( जस्तै सुत्र वनाएर काठमाण्डौका चार भञ्जयाङ: सवापाच,) जति सक्दो छोटो रूप दिएर याद गर्ने)
९: आफ्नो २ घण्टाको पढाई सके पछि आफ्नो काममा पनि पढेको कुरालाई सम्झने प्रयास गर्ने,
१०: समसामयिकको लागि विहान वेलुका रेडियो सुन्ने, पत्रपत्रिका पढ्ने, आग्रेजि समचार र पत्रिका पढ्ने जस्ले गर्दा बोल्ने वानिको विकास( अन्तरवार्तको तयारि हुन्छ)
११: पढाईलाई एउटा कथा वा कविताको जसरी बनाएर पढ्ने जस्ले गर्दा शब्दको ज्ञान राम्रो हुन्( दोस्रो पेपरको लागि शब्द चयन राम्रो र आकर्षक हुन्छ)
१२: GK पढ्दा जहिले पनि( कुनै विषयको पहिलो, दोस्रो, महत्वपूर्ण घट्ना, अन्तिम र अब हुने वा आउने पढ्नु पर्छ।
१३: GK माँ ५WH question ( के, कहिले, कसरी, कहा कुन) लाई follow up गर्नु पर्छ?
१४: मिति याद गर्दा series अनुसार गर्नु पर्छ जस्तै January मा के कति वटा घट्नाक्रम पर्छन तिनीहरू क्रमबद्ध सम्झने प्रयास गर्ने महत्वपूर्ण मितीहरू कुन के पर्छ भनेर आफुले छुट्टाउने)
१५: पुरानो प्रश्न पत्र र सबै तहको प्रश्न पत्र हेर्ने वानि बसाल्ने जस्ले गर्दा कहिले काहि प्रश्न दोहरिन्छन र समयको बचत हुन्छ र उत्त्तर रिचेक गर्ने समय मिल्छ।
१६: IQ लाई हेर्दा पुरानो प्रश्न पत्रबाट र अरू तहको पत्रबाट २५% मिल्ने सम्भावना बढी र कुनै कनाको त प्रश्न नं मात्र फरक र कुनैको प्रक्रिया त्यही तर अंकमात्र फरक हुन्छ त्यसैले IQ मा अभ्यास धेरै गर्नु पर्छ।
१७: खानपिनमा कमिकमजोरी गर्नु हुदैन जस्ले गर्दा मानसिक रूपमा असर पुग्नपढ्न बस्ता जहिले नि समय अनुसारको पनि साथमा राख्ने ,
१८: आफ्नो भौतिक शरिर जता भएपनि मन चाही आफुले पढेको चिजमा हुनु पर्दछ।
१९: सुत्तनिपात भन्दा अगडी दिवस भरि गरेको काम र पढेको कुराहरू सम्झने प्रयास गर्ने, मन मनै सोच्ने यदि निन्दा लागेको छैन भने पहिले देखि पढेको कुराहरू एक पटक ति कुराहरूलाई रिभिजन गर्ने जस्ले गर्दा ति कुराहरू दिगो रहन्छ।
२०: नया नया कुराहरू खोज गर्ने, नया शैलिको प्रश्न देख्ने वित्तिकै नोट गर्ने र परिक्षा हुने ३ दिन आगाडीको समसामयिक प्रश्न updates भईराख्ने,
तेस्रो फेज:
१: तेस्रो पेपरको लागि IQ&GK को परिक्षा पछि २ महिनाको समय हुन्छ त्यती बेला सम्म सिलेबस अनुसार दिनको ५ वाटा प्रश्न पढेर सक्ने,
२: प्रश्न लेख्दा छोटो, सरल, आकर्षक शब्द चयन र बुझन सकिने तरिकाले लेख्न,
३: याद गर्दा कममा ६ वटा र बढीमा ८ वटा बुदा सम्म याद गर्ने जस्ले गर्दा समयको बचत हुन्छ।
४: उत्तर जहिले पनि सकारात्मक तरिकाले लेख्ने जस्ले गर्दा जाँचकर्तामा राम्रो प्रभाव पर्न सक्छ,
५: समय व्यवस्थापन गर्ने र जानेको छ भनेदैमा धेरै समय नलगाउने,
६: प्रश्नलाई हेलचेक्राई नगर्ने, सजिलो छ भन्दैमा आभ्यास गर्न छोड्नु हुन्न बरू यों भन्दा बढि राम्रो कसरी गर्न सक्छु भनेर लाग्ने,
७: सबैभन्दा महत्त्वपूर्ण कुरा चाही समय तालिका हो, जस्लाई जस्तो सुकै हालतमा पनि छोड्नु हुन्न।
#दिनको १२० मिनेटले मानिसको ज़िन्दगी बदलिन सक्छ
#२ घण्टा ( ४५+४५+३० )
दिनमा IQ लाई ४५ मिनेट समय दिने
दिनमा GK लाई ४५ मिनेट समय दिने
दिनमा ३० मिनेटलाई तत्काल पढेको कुराहरूलाई Repeat and Memory revisionis गर्ने
# ७दिनमा, IQ र GK लाई ४ दिन समय दिने, २ दिन second paper लाई समय दिने र १ दिन सबै बिषयलाई समय दिने,
second paper २ दिन समय दिने जस्तै:
१:दिनमा ९० मिनेट समय दिने बाकि रहेको ३० मिनेट( English को Synonym and Antonym मा समय दिने)
२: दोस्रो दिनमा ९० मिनेट समय विषयवस्तुमा र ३० मिनेट( English को preposition and Article मा समय दिने)
३: माथिको जस्तै Day by Day समय तालिका परिवर्तन गर्दै जाने
IQ and GK फेरी सुरु गर्दा ९० मिनेट बाहेक बकिरहेको ३० मिनेटमा सबै IQ,GK and second paper सहित रिपीट गर्ने।
# १/२ महिनासम्म यों प्रक्रिय सुरू गर्नु भयो भने तपाई भोली गएर १ दिन, एकछिन पनि पढ्न पाउनु भएन भने पागल जस्तो भईन्छ, के के नपुगे जस्तो न पाए जस्तो हुन्छ, खान खादा होस या ट्वाइलाइट जादा होस सानो सुत्र हातमा लेख्ने अनि याद गर्ने, सपनामा पनि कहिले काही प्रश्न पत्र देखिन्छ, यदि देखियो भने नोट गरेर राख्नु होला कुनै कुनै मान्छेहरूको सपना पनि साँचों रूपमा बदलिन्छ, राति राति निन्द्र बिगरियो उठ्नु भयो भने किताब समातिहाल्ने जस्ले गर्दा सुतेर ब्यूझिएको बेला पढेका कुराहरू लामों समय रहन्छन।
निष्कर्ष
१: WH question लाई follow up गर्ने
२: Date, important event लाई series मा याद गर्ने
३: समसामयिकलाई Daily नोट गर्ने र हेर्ने,
४: film, Story and song style मा याद गर्ने।
५: W4R (Write, Read, Repeat, Review and Rapidly) सधै follow up गर्नु पर्छ!
५: chapter अनुसार important question बनाउने, नोट गर्ने र review गर्ने,
६: निरन्तरता हुनु पर्यो २ घण्टा पढेर १ वर्षमा लोक सेवाको जुनसुकै तहमा भए नि पास गरिन्छ।